२०८१, १८ बैशाख मंगलवार

घोराही उप-महानगरपालिकाले न्यायीक समितिद्वारा फिल्डमै पुगेर मिलापत्र गर्दै।

 

सुशील परियार दाङ ,  स्थानीय सरकार संचालन ऎन २०७४ को दफा ४७ को उपदफा (१) बमोजिम आफ्नो कार्य प्रगति पत्रकार सम्मेलन गरि। आज सार्वजनिक गरेको छ।
पत्रकार सम्मेलनको अध्यक्षता न्यायीक समितिका संयोजक एवं नगर उपप्रमुख हुमाकुमारी डिसीले गर्नु भएको थियो।
भने प्रमुख अतिथि घोराही उप- महानगरपालिका प्रमुख नरुलाल चौधरी रहनु भएको थियो।
विगत भन्दा १ प्रतिशत मुद्दाहरु कम भएको हुँदा न्यायिक समितिको कार्यसम्पादन राम्रो भएको र अझै सशक्त ढङ्गबाट १९ वटै वडाहरु मा न्याय सम्बन्धि अभिमुखिकरण कार्यक्रम गर्ने साथै केही वडाहरुमा गरि सकेको र बाकी रहेका वडाहरुमा तत्काल गर्ने न्यायीक समितिका संयोजक एवं नगर उपप्रमुख हुमाकुमारी डिसीले जानकारी दिनु भयो।
पत्रकार सम्मेलनका प्रमुख अतिथि घोराही उप-महानगरपालिका का मेयर नरु लाल चौधरीले स्थानीय सरकारबाट जनतालाई सबै खाल्को सेवा,सुबिधा दिने विषयमा नगरपालिका सदैव तयारी अवस्थामा रहेको र केही अरु थप न्याय सम्बन्धि छलफलहरु छिटो र समयमा सक्नु पर्ने बताउनु भयो।
कार्यक्रमको सहजिकरण कानुनी मामिला शाखाका प्रमुख प्रतलाकुमारी देवकोटाले गर्नुभएको थियो ।