२०८१, ८ जेष्ठ मंगलवार

जलस्रोत तथा उर्जा विकासका आयोजनालाई प्रभावकारी र नतिजामुखी बनाउनुपर्ने जोड : मन्त्री परियार

सुर्खेत , नवनियुक्त  जलस्रोत  तथा उर्जा विकासका मन्त्रालयका मन्त्री  रनसिँह परियारले ऊर्जा जलस्रोत तथा सिँचाइका आयोजनालाई गति दिने र नयाँ आयोजनाको सुरुवात गर्नुपर्ने र विकासका लागि सम्पूर्ण ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरेका छन्।

मन्त्रालयमा आज पदवहालीका क्रममा उनले उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै जनतालाई लाभ हुने गरी काम गर्न जरुरी रहेको बताए। उनले सबैको विज्ञताको भरपुर सदुपयो गर्दै मन्त्रालय र मातहत निकायको कामलाई प्रभावकारी र नतिजामुखी बनाइनुपर्नेमा जोड दिए।

ऊर्जामन्त्री परियारले कर्णाली प्रदेशका विकासका निम्ति ऊर्जाको विविध आयामको अवसरको भरपुर सदुपयोग गर्न जरुरी रहेको भन्दै उक्त प्रयोजनका निम्ति नीतिगत र संरचनागत सुधार गरिने विश्वास व्यक्त गरे।

मन्त्री परियारले मानिसमा पैदा भएको निराशालाई आशावादी बनाउने ढंगले परिणाममुखी काम गर्नका लागि आवश्यकताका आधारमा ‘टिम स्पिरिट’का साथ इमान्दारीपूर्वक काम गर्न स्पिरिटमा मन्त्रालयको कामलाई नतिजामुखी बनाउन हरसम्भव प्रयास गर्ने विश्वास व्यक्त गरे। उनले मन्त्रालय मातहत निकायको कामलाई प्रभावकारी समन्वयका साथ अघि  बढाउनका लागि सबै सक्रिय हुनुपर्ने बताए ।