२०८१, ३१ भाद्र सोमबार

हजुरको मुख भन्दा , त्यो मुहारमा सुख र हाँसो हेर्न रहर छ आमा !

भगवती शाही  

आफू भरिया भएर मलाई शहरिया बनाउने मेरी आमालाई एउटा फरिया किन्ने हैसियत बनाउनु छ ।

प्राण प्रिय मेरी आमा
३६५ दिन मध्यको आज विशेष दिन जुन दिन आज म तिम्रो काखबाट बाध्यताबस टाढा छु । त्यो खरले छाएको घर भन्दा मेरो पहिलो घर भनेको तिम्रो गर्भ हो । त्यो गर्भबाट आफू मरेर मलाई यो संसार देखायौ । तिमी आफू भोकै बसी मलाई आफ्नो कहिले तिर्न नसक्ने   ॠण लगायौ । तिम्रै काखमा लुटुपुटु गर्न मन नभएको मलाई पनि कहाँ होर रु आखिर पैसा नै त रहेछ सबथोक एउटा भएको तिमीसँग पनि बस्न पाउँदिन । फेसबुकको वालमा रंगिएका सम्पूर्ण आमाहरूको तस्वीरले मलाई यी शब्द कोर्न विवश बनायो । आमा मलाई आजै जस्तो लाग्छ तिमी सँग आफ्‍ना जिद्दीपन देखाएका ति पलहरू आएपनि मेरा यी मानसपटलमा ताजै छन् । तिमीले कसरी सक्यौ आमा पराईको घर उज्यालो पार्न मैले त आफ्रनै अनुहार पनि उज्यालो पार्न सकेकी छैन । यदि गुमाएको चिज फेरी माग्न मिल्थ्यो भने म मेरो बाल्यकाल माग्ने थिए । जुन एकदमै सुख र खसिको साथ बितेको थियो । गाउमा जन्म भएता पनि कुनै राजकुमारीको भन्दा पनि कम थिएन मेरा दिन चर्या । घर परिवारको एक्ली सन्तान साथ तिमी र बाबा कैले केही कुराको कमी भएन । जिन्दगी जिउँदै जाने क्रममा उमेर बढ्दै गयो इच्छा र चाहानाहारु आकासिँदै गए ।

कुरा एकदिनको हो आकाशमा कालो बादल मडारिएझैँ कतिबेला दुखले मेरो जीवनमा प्रवेश गर्यो पतै पाइन । ति सबै क्षणलाई नसम्झेको होइन । विगतका  अतीतलाई यसै कथामा पोख्न पनि चाहिन । मेरो लागि औशीको रातझैँ अन्धकार थियो । म त्यो दिनलाई सम्झिन पनि सक्दिनँ । जुनदिन मेरो घरको खम्बा ढलेको थियो । तिम्रो सिउँदो पुछिएको थियो । हाम्रो खुशी लुटिएको थियो । तिम्रो लागि म र मेरो लागि तिमी बाहेक हाम्रो लागि अरु कोही भएनन् । सुखमा हात थाप्नेहरू धेरै थिए दुखमा हात दिने कोही भेटिएनन् । देख्नेहरुले त भन्छन् घरको एक्लो छोरी छस रमाइलो छ भनेर । तर तिनीहरूलाई  के थाहा एउटी आमालाई खुसी दिन नसक्नुको पीडा । रातभर निन्दा लाग्दैन तिम्रो बुढेसकालको साहारा बन्न सकेको छैन । तिमी बिरामी हुँदा पानी दिन समेत पाएको छैन मुटु भक्कानिएर आउँछ आमा ।। रातीको १२ बजे तिमीलाई सम्झिएर रोएको छु । पीडा पोख्ने ठाँउ कतै छैन तिमीलाई सुनाउ तिमीलाई चिन्ता हुन्छ । अरु कोही छैन पीडा सुन्न लायकको सबैले मजाक मात्र बनाउँछन् । यो शहर निकै निर्दयी छ आमा छन त मान्छेहरूकै भिडमा छु तर नितान्त एक्लो । यो सुविधा सम्पन्न शहरमा भक्कानिएर रुने   ठाउँ बनाउन भुलेछन् आमा ।।

प्यारी आमा अझै सफल भैसकेको छैन म केही समय त्यो जवानी बचाई राख्नु ल ।  कति थाक्यौ होला है घरपरिवार र मेरो जिम्मेवारीको भार सम्हाल्दा समाल्दै थकान मेट्ने खुब धोको होला है । सोच्छौ होला आफ्नो काँधको भार मेरो काँधमा थमाउला । म कहिले त्यसको लायक हुँला जीवनको त्यो थकान तिमी लाई  पनि त मेट्न मन हुँदो हो । सबै दुख भुलेर सुखको एक टकमा रमाउन त्यो पलको त्यो दिनको निकै आतुर होला । मपनि निकै प्रतीक्षामा छु ।
दृष्टिको सर्वश्रेष्ठ रचना तिमी, तिम्रो मुहार सदाभरी हाँसेको हेर्न पाउँ , मेरो भोकको खाजा अट्ने च्यातिएको पटुकी फेर्न  पाउँ अमर त कोही हुदैन थाहा छ । जति दिन बाँच्छेउ तिमी सदैव हाँसेको  हेर्न पाउँ  । तर आमा त्यो तिम्रो ओठमा मुस्कान  ल्याउनलाई अझै केही समय लाग्ने भयो । तब सम्म तिम्रा ति चाउरिँदै गएका गालाहरू मुस्काउँदै हौसला र साथी बनि सदैव बाँचिराख्नु ल ।

म निरन्तर सङ्घर्षमा छु तर कता कता मन पिरोल्छ । ओछ्‌यान नजिक बढ्दै गएका औषधिको चक्की र डब्बा अनुहारभरी स्पष्ट देखिन थालेका बुढ्यौलीका ति सुन्दर  रेखा र धब्बा, ओहो १ मेरी आमा बूढी पो हुँदै गइन् , काला केशहरुमा हिउँ बर्सिए झैँ गरि सेता हुँदै गएछन्  काम्न थालेछन् पाखुराहरु , गल्न थालेछन् पाउहरु , अनि धर्मराउन थालेछन् आँखाहरू, आमाले नै सिकाउनु भएको गणितको जोडघटाउमा कुन  सूत्र होला मेरी आमाको उमेर घटाउने रु कुन शुत्र होला मेरि आमाको लागी घुम्ने समयचक्र रोकिदिने  आजकल आमाले डाँडा माथि डुब्न लागेको घाम हेरिरहँदा डर लाग्छ, हरेक पल्ट हस्पिटल जाँदा डाक्टरले थपी दिने औषधि देख्दा डर लाग्छ, बैज्ञानिकहरु चन्द्रमा र मङ्गल ग्रहमा पुगे भन्छन् कुनै यस्तो शुत्र नि बनाउन संसारका सबै आमालाई प्रकृतिको नियम तोडि अमर बनाई दिने

तर चिन्ता नगर मेरी आमा हार खाएको पटक्कै छैन । मैले चाहेको जीवन दिएकी छौ केही समय पर्खयौ एकदिन तिमीले चाहेको जीवन दिने लायकको हुने छु । छोरी सफल होस भनेर धितो राखेका कयौं खुसिहरुलाई दोब्बर बनाएर फिर्ता नगरे सम्म कहिले हिम्मत हार्ने छैन आमा धेरै माया मिठो सम्झना मेरो मुटु ।।