२०८१, १९ बैशाख बुधबार

मेरो कर्णाली मा!

मात्र बिकास छैन,पहल छैन योजना छैन मेरो कर्णाली मा।

चुनाव आउदा प्लेन होइन हेलि चड्छन् नेता मेरो कर्णाली मा।

नुन चामल तेल पिठिउ मा बोकेर खान्छन जनता मेरो कर्णाली मा।

शिक्षा छैन स्वास्थ्य छैन ऋण सापट खोजी सहर जानू पर्छ मेरो कर्णाली मा।

बिकास गर्छु भन्दै हिड्ने नेता दुख पर्दा मोबाइल फो न बन्द गर्छन मेरो कर्णाली मा

सुन्दरताले भरिभराउ पर्यटन लाई बाटो छैन जनता लाई रोजगार छैन मेरो कर्णाली मा।

धान मकै सिमि सबै फल्छ स्याउ कुहिन्छ आलु कुहिन्छ मेरो कर्णाली मा!

आदाउदी बाटो सम्म जाने ट्रक टिप्पर माटो बोकि सहर आउछ्न मेरो कर्णाली मा।

पुल छैनन राम्रा स्कुल छैनन भबिस्य खोज्दै तुइन चड्छन मेरो कर्णाली मा!

न युवा छ्न न बिकास छ आज भोलि डाफे मुनाल एकै रुन्छ्न मेरो कर्णाली मा।

बनै भरी पाँच औले कटुस अनि यार्सा जस्ता थुप्रै पाइन्छ मेरो कर्णाली मा।

रोग ब्यथाले च्याप्दै गर्दा सिटामोल को ट्याप्लेट हुन्न मेरो कर्णाली मा।

चुनावमा चढ्ने हेलि प्लेन अरु बेला बन्द हुन्छ्न मेरो कर्णालीमा।

ब्यथाले च्यापेका अशु बुढा जस्ता थुप्रै आमा अकालमै मर्नु पर्छ मेरो कर्णाली मा।