सबैका लागि कानुन कार्यन्वयन गर
हामी अहिले पनि विभिन्न अभियान सन्चालन गरिरहेका छौ । राज्य र गैर राज्यका तर्फबाट भैरहेका ति सबै अभियानको अन्तिम उदेश्य भनेको सबै नागरिक सभ्य शुन्दर र शिक्षत होउन् भन्नु नै हो ।
त्यो मात्रै होइन समाजमा बसोबास गर्ने सबै सबैको चाहाना अनुरुप राज्य सन्चालन होस भन्ने नै हो । राज्यले सबै नागरिकलाई नियमन गर्ने र आफु पनि नियममा रहेर सबै नागरिकको अविभावक हुने हो । यस्का लागि अहिले पनि राज्य लोककल्याणकारी हुन नसकेको सबैले आरोप लगाइरहेका छन् ।
अहिले राज्य लोककल्याणकारी हुनुपर्ने र सबै प्रकारका नागरिकको प्रतिनिधीत्व गर्नुपर्ने राष्ट्रिय अपाङग महासंघ नेपालले माग गरिरहेको छ । देश संघिय संरचनामा गए पनि सरकारका संरचनाहरु अपाङग मैत्री वन्न नसकेको उनिहरुको आरोप छ । अपाङगता जतिबेला जो पनि बन्न सक्ने भएकाले पुर्वाधार विकासलाई पनि अपाङग मैत्री बनाउनु पर्नेमा महासंघको भनाएै छ ।
आपांगताका बारेमा संविधानमा अपाङगताका सवाललाई समेटीए पनि कार्यन्वयनमा समस्या भएको छ । स्थानीय तहमा अपाङगहरुलाई अझै पनि उपेक्षा गर्ने गरिएको महासंघको आरोप समेत छ ।
त्यसकारण कम्तीमा अपांगता भएका सबैका लागि राज्य हुनुपर्छ । राज्य लोककल्याणकारी हुनुपर्छ । त्यो मात्रै होइन अहिले सपांग मान्छे जतिसुकै बेला जस्ले पनि अपांगताको समस्या व्यहोर्नुपर्ने हुन्छ । अहिले देखी नै राज्यले अपांगहरुका पक्षमा काम गर्ने कानुन मात्रै बनाउने होइन कि उनिहरुका पक्षमा बनेका कानुन कार्यन्वयमा पनि चासो देखाओस ।