अपाङ्ग महासंघद्धारा ३९ बुदे ज्ञापान पत्र, ‘कानुन र पूर्वाधार अपाङ्ग मैत्री बनाउन माग’
सुर्खेत । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेशले सामाजिक विकास मन्त्रालयमा ३९ बुँदे ज्ञापनपत्र पेस गरेको छ । ज्ञापनपत्रमा कानुनलाई अपाङ्ग मैत्री बनाउन विषेश माग गरिएको छ । साथै सर्वोच्व अदालतले गरेको फैसला र बनेका ऐन नियम पूर्णरुपमा कार्यान्वयन गर्न माग पनि गरिएको छ । साथै अपाङगता जतिबेला जो पनि बन्न सक्ने भएकाले पुर्वाधार विकासलाई पनि अपाङग मैत्री बनाउनु पर्नेमा जोड गरिएको छ ।
यसअघि आज नै विहान सुर्खेतमा ‘काउन्ट मि’ ¥याली निकालिएको थियो । स्थानिय मंगलगढी चौकवाट सुरु भएको ¥याली पीपल चौतारामा पुगी कोण सभामा परिणत भई सम्पन्न भएको थियो । ¥यालीलाई सम्वोधन गर्दै राष्ट्रिय अपाङग महासंघ नेपालका केन्द्रीय सदस्य देवी दत्त आचार्यले पुर्व निर्धारित कार्यक्रम अनुसार अपाङगताका सवाललाई सरकार समक्ष पु¥याउने ‘काउन्ट मि’ अभियान सुरु भएको बताए ।
उहाँले राज्यका विभिन्न अंगमा अपाङगता भएका व्याक्तिलाई स्थान दिन शान्ति पुर्ण ¥याली मार्फत सरकारको ध्यानकर्षण गराईएको उनको भनाइ छ । ¥यालीमा कर्णाली प्रदेशका आपङ्गता भएका व्याक्तित्वहरुको सहभागीता रहेको थियो । ¥यालीमा सहभागीहरुले समाजमा अपाङगता भएकालाई स्थान दिऊ, ‘काउन्ट मी’, रोजगारीको व्यवस्था गर, अपाङग मैत्री कानुन निर्माण गर, निशुःल्क बिमाको व्यवस्था गर जस्ता प्लेकार्ड प्रर्दशन गरेका थिए ।
राष्ट्रिय अपाङग महासंघ नेपालका कर्णाली प्रदेश अध्यक्ष बिष्णु शर्माले देश संघिय संरचनामा गए पनि तीन वटै सरकारका संरचनाहरु अपाङग मैत्री वन्न नसकेको बताए । अपाङग महासंघले ७ वटै प्रदेशमा जनवकालतको लागि ‘काउण्ट मी’ अभियान संचालन गरेको छ । राज्यका सबै निकाय र अंगमा अपाङगता भएका व्यक्तिहरुको सम्मानजनक सहभागितालाई यो अभियानले आफनो एजेण्डा बनाएको छ ।