बढिपीडितका पक्षमा प्रदेश सरकार, ‘मन्त्री भण्डारीको संयोजकत्वमा उच्चस्तरीय आयोग’
सुर्खेत । कर्णाली सरकारको मन्त्रीपरिषदको बैठकले कर्णाली सरकारको लोगो बनाउने निर्णय गरेको छ । कर्णाली प्रदेशको पहिचान झल्कने गरी मन्त्रीपरिषदको लोगो बनाउने निर्णय गरेको हो । नेपालको नक्सामा कर्णाली प्रदेशको नक्शा फरक तरीकाले अंकित गरेर नेपालको झण्डा समाबेश गर्ने बैठकले निर्णय गरेको आर्थिक मामीला मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकारी निवासमा बसेको मन्त्रीपरिषको बैठकले यस्तो निर्णय गरेको छ । यसैगरी बैठकले सार्वजनिक खरिद ऐन मौस्योदाका लागी सैद्घान्तिक सहमति दिने निर्णय गरेको छ । विकास निर्माणका लागि प्रदेशको लागि आवश्यकता अनुसार उक्त खरिद ऐनका लागि सैद्धान्तिक सहमति दिईएको हो । त्यस्तै, वाढी पीडित समस्या समाधान गर्नका लागि उच्चस्तरिय समिति गठन भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको संयोजकत्वमा उच्च स्तरिय समिति गठन गर्ने निर्णय आइतबारको वैठकले गरेको हो । मन्त्रीपरिषदको यो निर्णय संगै लामो समयदेखी त्रिपालम’नी बसिरहेका बाढिपपिडीतहरुको समस्या समाधान ह’ने अपेक्षा गरिएको छ । संघीय सरकारले केहि नगरेपछि पहिलो पटक प्रदेश सरकारले पिडीतहरुको पक्षमा निर्णय गरेको हो ।
यो समितिले बाढी पिडितलाई आवासको पनि व्यवस्था गर्ने मन्त्री ज्वालाले बताए । यो समितीको क’नै म्याद नभएपनि यस्ले स’र्खेतका बाढि पीडितहरुको समस्या समाधान गर्ने जनाईएको छ ।