२०८१, २९ चैत्र शनिबार

सुर्खेतमा ३६ औं विपि स्मृति दिवस, ‘सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप’

सुर्खेत ।  नेपाली काँग्रेस सुर्खेतले अहिलेको सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप लगाएको छ । ३६ औं विपि स्मृति दिवशको अवसरपारी नेपाली काँग्रेस क्षेत्र नं। २ ले आईतबार वीरेन्द्रनगमा आयोजना गरेको बहुआयामिक व्यक्तित्व विपी र वर्तमान सन्दर्भ विषयक अभिमूखिकरण कार्यक्रमका सहभागीहरुले यस्तो आरोप लगाएका हुन् ।


नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले सरकारले अधिनायकबाद लाद्न खोजेको आरोप लगाए । वर्तमान सरकारले बहुमतको दम्भ देखाएर अधिनायकवाद लाद्न खोजिरहेको भन्दै वहाले जनताले विरोध गर्न पाउने अधिकारबाट समेत बन्चित गर्न खोजेको आरोप आरोप उनको छ ।
जुम्लामा डा। गोविन्द केसीका समर्थकलाई अस्पतालमै पुगेर दमन गरेको भन्दै रेग्मीले भने ‘सरकारले अस्पतालजस्तो क्षेत्रमा पुगेर महिलाहरुलाई दुव्र्यवहार ग¥यो, नर्सहरुलाई कुटपिट गर्ने जस्ता घृणित कार्य गरेको वताए । रेग्मीले सरकारले गरेको मूल्यबृद्धि र डाक्टर केसीको मागलाई पुरा गराउन विरोधमा उत्र्तिएका जनताहरुलाई गोली हानेर तर्साउन खोजेको आरोप समेत लगाए ।

त्यस्तै नेपाल विद्यार्थी संघका केन्द्रिय सह–महामन्त्री ईश्वर विष्टले जनताको विरोध गर्न पाउने अधिकारलाई बन्चित गर्दै केपी शर्मा ओली नयाँ राजा बन्न खोजेको बताए ।  यसैबिच, अवसरमा सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा आज एक कार्यक्रम का बिच बृक्षारोपण गरिएको छ ।


पञ्चपुरी नगरपालिकाको नव निर्मित सभाहलको प्राङ्गणमा आज अशोक, श्रीखण्ड, धुपि, दालचीनी लगाएतका बिरुवा रोपिएको हो ।  कार्यक्रम को उद्घाटन पुर्ब सुचना तथा संचार राज्यमन्त्री तप्तबहादुर बिष्टले बिपि को संझनामा श्रिखण्डको बिरुवा रोपेर गरेका हुन । कार्यक्रम मा बिष्टले बिपिको योगदान को चर्चा गर्दै बिपिको मार्गमा सबै कार्यकर्ता लाग्न आग्रह गरे ।  अहिलेको सरकारले आफ्ना कार्यकर्ता माथि गरेको दमन तथा अन्यायका बिरुद्ध नेपाली काङ्ग्रेस कडा रुपमा लाग्ने समेत बताए ।