२०८१, ७ बैशाख शुक्रबार

यस्ता छन् विश्वकपका १० अप्रत्याशित नतिजा

२१औँ संस्करणको विश्वकपमा मेक्सिकोले जर्मनीमाथि १–० को अप्रत्याशित जित निकाल्यो । यो नतिजाले चालु विश्वकपमा थप स्तब्धकारी नजिता आउन सक्ने सन्देश दिएको छ । विश्वकप इतिहासमा यस किसिमको नतिजा आएको पहिलोपटक होइन । इतिहासका पाना पल्टाउँदा धेरै खेलमा कमजोर आकलन गरिएको टिमले बलियो प्रतिद्वन्द्वीलाई हराएको छ । विश्वकपका चर्चित १० अप्रत्याशित खेल यस्ता छन् :

१. अमेरिका १–० इंग्ल्यान्ड (१९५०)

सन् १९५० विश्वकपमा इंग्ल्यान्ड र अमेरिकाबीचको खेल एकपक्षीय हुने आकलन थियो । इंग्ल्यान्डले अमेरिकालाई १०–० को फराकिलो अन्तरले हराउने प्रचारबाजी भयो । इंग्ल्यान्ड विश्वकप दाबेदार टिम थियो । अमेरिकासँग विश्वकप अनुभव त्यति थिएन । स्टार खेलाडीले भरिएको इंग्ल्यान्डमाथि अमेरिकाले अप्रत्याशित १–० को जित निकाल्यो । खेलमा अमेरिकाबाट जोए जाएजेनसले गोल गरेका थिए ।

२. वेस्ट जर्मनी ३–२ हंगेरी (१९५४)

सन् १९५४ को विश्वकपमा हंगेरी उत्कृष्ट फर्ममा थियो । हंगेरीले चार वर्षसम्म एक खेल पनि गुमाएको थिएन । अझ फेरेन्स पुस्कासजस्ता विश्वप्रसिद्ध फुटबलरको साथ पाएको हंगेरीले फाइनलमा पश्चिम जर्मनी विपक्षी पायो । हंगेरीले पहिलो ८ मिनेटभित्र २–० को अग्रता लिँदै विश्व च्याम्पियन बन्ने छाँट देखायो । तर, जर्मनीले सनसनीपूर्ण तीन गोल प्रहार गरी हंगेरीलाई ३–२ ले स्तब्ध पार्दै पहिलोपटक विश्व च्याम्पियन बन्यो ।

३. उत्तर कोरिया १–० इटाली (१९६६)

इंग्ल्यान्डले पहिलोपटक विश्वकप फुटबल आयोजना गरेको थियो । त्यही संस्करणमा उत्तर कोरियाले पनि भाग लियो । उत्तर कोरियाको फुटबल रहस्यमयी मानिएको थियो । राजनीतिक र युद्धको चपेटामा भूमरीमा रहेको उत्तर कोरियाको फुटबल टिमले सनसनीपूर्ण नतिजा निकाल्छ भन्ने विश्वास नै थिएन ।

पहिलो खेलमा सोभियत युनियनसँग ३–० ले हारेको उत्तर कोरियाले नकआउट चरणमा पूर्वच्याम्पियन इटालीलाई १–० ले हराउँदै क्वार्टरफाइनल पुग्यो । उत्तर कोरिया विश्वकपको क्वार्टरफाइनल पुग्ने पहिलो एसियन राष्ट्र बन्दै सनसनी मच्चाउन सफल भयो । कोरियाका लागि एक मात्र गोल पाक डो इकले गरेका थिए ।

४. स्कटल्यान्ड ३–२ नेदरल्यान्ड (१९७८)

नेदरल्यान्डले सन् १९७०–८० को दशकमा टोटल फुटबलको विकास गरेको थियो । फुटबल इतिहासमा नेदरल्यान्डको टोटल शैली अहिलेसम्मकै आकर्षक मानिन्छ । समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डको सामना स्कटल्यान्डसँग भयो ।

एकसे एक खेलाडी रहेको डच टिमविरुद्ध स्कटल्यान्डले अचम्म खेल्यो । खेलको ६८ मिनेटभित्र स्कटल्यान्ड ३–१ ले अगाडि रह्यो । खेलको ७१औँ मिनेटमा नेदरल्यान्डले एक गोल फर्कायो । तर, अप्रत्याशित हार टार्न असफल भयो ।

५. स्पेन ०–१ उत्तर आयरल्यान्ड (१९८२)

विश्वकपमा पहिलोपटक सानो राष्ट्रका रूपमा उत्तर आयरल्यान्ड छनोट भयो । उत्तर आयरल्यान्डले विश्वकपमा आयोजक राष्ट्र स्पेनविरुद्ध सनसनीपूर्ण नतिजा निकाल्यो । समूह चरणमा आयरल्यान्डले १–० को अग्रता लियो ।

गेरी आर्मस्ट्रोगले एक मात्र निर्णायक गोल गरेका थिए । उनको त्यही एक गोलले उत्तर आयरल्यान्ड क्वाटरफाइनलमा पुग्यो । ‘रेफ्रीको अन्तिम ह्विसलसँगै हामी खुसीले रमायौँ,’ तत्कालीन उत्तर आयरल्यान्डका खेलाडी टोमी कासिडी भन्छन् ।

६. अर्जेन्टिना ०–१ क्यामरुन १९९०)

विश्वकपको साविक विजेता राष्ट्र अर्जेन्टिना डिएगो म्याराडोनाको प्रेरणामा फाइनलसम्म पुग्यो । तर, समूह बीको आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले एक अप्रत्याशित नतिजा बेहो-यो । अफ्रिकन राष्ट्र क्यामरुनले अर्जेन्टिनालाई १–० ले हरायो । क्यामरुनका लागि एक मात्र गोल फ्रान्सिस्को वियिकले गरेका थिए । सो खेलमा क्यामरुनका दुई खेलाडीले रातो कार्ड पाएका थिए ।

७. दक्षिण कोरिया २–१ इटाली (२००२)

आयोजक राष्ट्र दक्षिण कोरिया पहिलोपटक प्रिक्वार्टरफाइनलमा पुगेको थियो । कोरियाले पूर्वच्याम्पियन इटालीविरुद्ध प्रतिस्पर्धा ग-यो । खेलको ८८औँ मिनेटमा की हेयोङको गोलसँगै दक्षिण कोरिया १–१ को बराबरीमा पुग्यो । खेल अतिरिक्त समयमा गयो ।

खेलको ११७औँ मिनेटमा आन जुङले कोरियालाई २–१ को जित दिलाए । त्यसवेला अतिरिक्त समय गोल्डेन गोलका रूपमा थियो । अतिरिक्त समयमा जसले पहिलो गोल गर्छ, जित उसैको हुन्थ्यो ।

८. सेनेगल १–० फ्रान्स (२००२)

साविक विजेता फ्रान्सले समूह एमा अफ्रिकन राष्ट्र सेनेगलविरुद्ध प्रतिस्पर्धा ग-यो । प्लेमेकर जिनेदिन जिदान घाइते हुँदा उनी खेलमा सहभागी हुन सकेनन् । सेनेगलले विश्वकपकै आफ्नो पहिलो खेलमा विश्वलाई अचम्मित पार्दै फ्रान्समाथि १–० को जित निकाल्यो । सेनेगलका पापा बाउपा डिओपले विजयी गोल गरेका थिए ।

९. जर्मनी ७–१ ब्राजिल (२०१४)

आयोजक ब्राजिलले सेमिफाइनलमा इतिहासकै खराब नतिजा आत्मसात ग-यो । जर्मनीले पाँचपटकको विश्व च्याम्पियन र उनीहरूको घरमै ७–१ को शानदार जित दर्ता ग-यो । विश्वकप इतिहासमा यो नतिजा अहिलेसम्मकै अप्रत्याशित मानिएको छ ।

जर्मनीले पहिलो हाफमा ३–० र दोस्रो हाफमा ४ गोल गरेको थियो । ब्राजिलबाट खेलको ९०औँ मिनेटमा ओस्कारले एक गोल फर्काए । सोही खेलमा जर्मनीका मिरोस्लाभ क्लोजले विश्वकपमा सर्वाधिक १६ गोल संख्या पु-याए ।

१०. जर्मनी ०–१ मेक्सिको (२०१८ )

रसिया विश्वकपमा सम्भवतः पहिलो अप्रत्याशित नतिजा जर्मनीको टाउकोमा प-यो । समूह डीमा साविक विजेता जर्मनीले मेक्सिकोसँग १–० को अप्रत्याशित हारको सामाना ग-र्यो । विश्वकपकै उत्कृष्ट खेलमध्येमा एक रहेको जमर्न–मेक्सिको भिडन्तमा मेक्सिकोले बाजी मा-यो ।

खेलको ३५औँ मिनेटमा लोजानोले उत्कृष्ट काउन्टर एट्याक्टमा गोल गरी मेक्सिकोलाई १–० को अग्रता दिलाए । जर्मनीले पटकपटक बराबरी गोल प्रयास ग-यो । तर, मेक्सिकोको रक्षापंक्ति चिर्न असमर्थ हुँदा जर्मनीले सन् १९७८ पछि विश्वकपमा पहिलो खेलमा स्तब्धपूर्ण नतिजाको सामना ग-यो । आजको नयाँ पत्रिकावाट