२०८१, २३ बैशाख आईतवार

सामाजिक विकृति रोक्न सुर्खेत प्रहरीको ‘टोलटोलमा प्रहरी’ कार्यक्रम शुरु

सुर्खेत, असार ।  सुर्खेत प्रहरीले ‘टोलटोलमा प्रहरी’ कार्यक्रमको सुरुवात गरेको छ । टोलवासीकै अग्रसरतामा अपराधिक गतिविधिलाई निरुत्साहित गर्न यो कार्यक्रमको सुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख उमा प्रसाद चर्तुवेदिले बताउनुभयो छ ।

सामाजिक सद्भाव खल्बलीने गरि हुने विभिन्न घटनालाई घट्नु भन्दा पहिले नै रोक्नका लागी यो अभियानले सहयोग पु¥याउने उहाले बताउनु भयो । सुर्खेतमा लाघु औषध र जाँड रक्सी अत्याधिक समस्याको रुपमा देखिएको भन्दै चर्तुवेदिले यस अभियान मार्फत टोल सुरक्षा समिति गठन गरेर समस्या समाधान गरिने बताउनु भयो ।

चालु आर्थीक वर्षको यो अवधि सम्म सुर्खेत प्रहरीले करिव २५ हजार लिटर घरेलु मदिरा र त्यसमा प्रयोग हुने करिव ३४ हजार लिटर कच्चा पदार्थ बरामद गरि नियन्त्रणमा लिएको जनाएको छ । यस्तै प्रहरीले चालु आर्थीक वर्षको यस अवधि सम्म ४१ ग्राम व्राउन सुगर सहित ४४ जना लाई प्रक्राउ गरेको छ । ३० वटा मुद्धा चलाइएको चर्तुवेदिले जानकारी दिनुभयो ।

५८ किलो ५ सय ग्राम चरेस प्रक्राउ गर्न सफल प्रहरीले २ वटा मुद्धा दर्ता गरेको छ । दुर्बयसनिका अखडाहरुबाट नियन्त्रणमा लिइएका ३ सय ९५ जना लाई अभिभावकको रोहवरमा छोडिएको प्रहरीको तथ्याङ्कमा छ । आत्महत्या को स्थीति पनि भयावह रहेको तथ्याङले देखाएको छ । चालु आर्थीक वर्षको यो अवधि सम्म ५६ जना झुण्डियर, १७ जना विष सेवन गरेर र १ जनाले पानिमा हाम फालेर आत्म हत्या गरेका छन ।
सामाजिक विकृति रुपमा रहेकोे योनधन्दा पनि प्रहरीको विषेश निगरानिमा रहेको प्रमुख चर्तुवेदिले बताउनु भयो ।

हिजो जिल्ला प्रहरी कार्यालयमा आयोजित अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा चर्तुवेदिले ‘टोलटोलमा प्रहरी’ अभियान कार्यक्रमलाई नागरिकले सहयोग गरे सामाजिक विकृतिमा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार