२०८१, २३ बैशाख आईतवार

कर्णाली सरकारको गत वर्षको सवैभन्दा बढी खर्च प्रदेश सचिवालयमा

सुर्खेत ६ असार – कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७४÷०७५ को खर्च विवरण सार्वजनिक गरेको छ ।

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष ०७४ ÷ ७५ को जेष्ठ सम्मको विवरण मा प्रदेश सचिवालय को खर्च सवैभन्दा वढी देखीएको हो ।
प्रदेश सभा सचिवालयले सबै भन्दा बढी खर्च २ करोड २ लाख ५८ हजार ८ सय रकम अर्थात ३२ दशमवल ३७ प्रतिशत गरेको छ ।

त्यसैगरी भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको चालु र पुजिगत तर्फगरी जम्मा १ करोड ७१ लाख ९ हजार २ सय ७१ वजेट र प्रगति प्रतिशतका हिसावले १० दशमलव ६४ प्रतिशत बजेट खर्च गरेको विवरण सार्वजनिक गरिएको छ ।
सरकारले समाजीक विकास मन्त्रालय तर्फ चालु तथा पुजीगत गरी जम्मा १ करोड १९ लाख १६ हजार ४३ रकम अर्थात १५ दशमलव २७ प्रतिशत बजेट खर्च गरेको छ ।

सरकारले सार्वजनिक गरेको विवरण अनुसार, विभिन्न मन्त्रालय र सरकारी निकायहरुको खर्च तथा प्रगति विवरण अनुसार अघिल्लो वर्षमा विनियोजन गरिएको वजेटको चालु तर्फ ४३ करोड ९३ लाख ३ हजार र पुजिगत विनीयोजन तर्फ ५८ करोड ११ लाख ९७ हजार गरी सो आर्थिक वर्षमा जम्मा १ अर्व २० करोड ५० लाख विनियोजीत गरेको थियो ।

 जेष्ठ सम्मको चालु खर्च ५ करोड ४५ लाख ११ हजार ५ सय ७० दशमलव ४२ त्यस्तै पुजिगत तर्फ २ करोड १२ लाख ४० हजार ७ सय ३३ रकम खर्च भएको छ ।
कुल बजेटका ७ दशमलव ४१ पतिशत बजेट मात्र खर्च भएको कर्णाली सरकारको मंगलवार सार्वजनिक खर्च विवरणमा उल्लेख गरेको छ ।

सम्बन्धित समाचार