२०८१, १९ बैशाख बुधबार

बाढी पीडितलाई राहात वितरण

rahat
                                           तस्बीर ः टुतपेस्ट र ब्रसका साथमा बाढी पीडित बालबालिकाहरु

सुर्खेत, साउन २४ ।
पश्चिम सुर्खेतको हरिहरपुर–५ गिरीघाटमा रहेका बाढी पीडितहरुलाई राहात वितरण गरिएको छ । कर्णाली बचाउन अभियानका अभियन्ताहरुले सुर्खेत आउने क्रममा शिविरमा पुगेर केही राहात वितरण गरेका हुन् ।

अभियानका लिलाबहादुर बानिया, नविन डिसी र इश्वर अर्याल लगायतको टोलि गिरीघाटको शिविर र बालबालिकाले अध्ययन गर्ने छाप्रोमा पुगेर राहात वितरण गरेको हो । उनीहरुले शिविरमा महिला र पुरुषहरुलाई करिब चार सय थान कपडा वितरण गरेका छन् ।

यस्तै शिविरका पाँच जना सुत्केरी महिलाहरुलाई एक÷एक थानका दरले बलाङकेट वितरण गरेका छन् । यस्तै करिब ९० जना विद्यार्थीहरुलाई मन्जन र ब्रस वितरण गरिएको छ ।

अभियानका क्रममा सुर्खेतका आएका उनीहरुले सुर्खेतका बाढी पीडितहरुलाई भेट्न जाँदा रित्तो हात नजाउ भनी थोरै भएपनि राहात लिएर शिविर पुगेको जनाएका छन् । सुर्खेतमा बाढीपहिरो पीडितहरुको अवस्था बारे सामान्य जानकारी पाएकाले आफूहरुले उनीहरुलाई भेट्दा कोसेली स्वरुप यो राहात वितरण गरेको अभियानका लिलाबहादुर बानियाले बताए ।

उनले अबका दिनहरुमा सुर्खेत आउने क्रममा सुर्खेतबा बाढी पीडितहरुलाई अनुभूति हुने गरी नै राहत ल्याउन पहल गर्ने प्रतिबद्धता जनाए । उनले शिविरका विद्यार्थीहरुका लागि सक्दो सहयोग गर्न अभियान चलाउने प्रतिबद्धता समेत गरेका छन् ।

विशेष गरी उनीहरु माथिल्लो कर्णाली परियोजना नेपालकै लगानीमा बनाउनु पर्दछ भन्ने अभियानको प्रचारप्रसारका लागि सुर्खेत आइपुगेका हुन् । पहिलो पटक सुर्खेत आएका उनीहरु माथिल्लो कर्णाली परियोजना निर्माण स्थल पुगेर काठमाडौं फकिर्ने अभियानका नविन डिसीले बताए ।