२०८१, १९ बैशाख बुधबार

‘महिलाहरु नेतृत्व गर्न सक्षम’

women-power-710x450सुर्खेत, साउन २४ ।
चुलो चौकोमा रहेका महिलाहरु नेतृत्व गर्न सक्षम रहेको सुर्खेतका महिलाअधिकारकर्मीहरुले बताएका छन् । अक्सफामको साझेदारीमा सीमान्तकृत महिलाहरुका लागी महिला संस्था (वाम), सुर्खेतद्धारा संचालित महिला नेतृत्व परियोजना अन्तर्गत जनवकालत तथा रणनैतिक सीप बिकास तालीमका सहभागी महिलाहरुले यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्दै सिमान्तकृत महिलाहरुका लागी महिला संस्था (वाम) का कार्यकारी निर्देशक मधुरानी ढकालले २१ औं सताब्धीका महिलाहरु जस्तोसुकै कार्य गर्न पनि सक्षम रहेको बताइन । ग्रामीण क्षेत्रकका महिलाहरु अझैपनि पुरुषको नियन्त्रणमा रहेको भन्दै त्यस्ता ठाउँका महिलाहरु पनि अगाडी आउँनुपर्नेमा जोड दिइन ।

पुरुषको मात्र सहभागीतामा जिल्लाको विकास हुन नसक्ने बताउँदै उनले विकासका हरेक क्रियाकलापमा महिलाको सअभागीता उत्तीकै हुनुपर्ने बताइन ।

अन्य सहभागीहरले पनि पछिल्लो समय समाजमा महिला सहभागीता बढ्दै गएकोमा खुसी व्यक्त गर्दै यस्ता खालका तालिमहरुले महिलाहरुलाई अगाडी आउँन प्रोत्साहन मिल्ने बताएका छन् ।

तालिममा महिला नेतृत्व परियोजना लागु भएका सुर्खेत जिल्लाका पाँचवटा गाउँ विास समितिहरु लेखपराजुल, साविकको छिन्चु, मैनतडा, गुमी र खानीखोला गाउँ विकास समितिका नौ वटेै वडाहरुमा भएको सामुदायिक छलफल केन्द्रका सहजकर्ताको सहभागीता तथा सामाजिक परिचालक लगायतको सहभागीता रहेको थियो ।

समाजमा काम गर्दा आई पर्ने विभिन्न सवालहरुलाई सहजताका साथ समाधान गर्ने र समुदायको समस्यालाई सहजताका साथ समाधान तथा सीप विकास गर्ने उद्देश्यका लागी तालीम ंसंचालन गरीएको थियो ।

साउँन २१ गतेदेखि २३ गतेसम्म संचालन भएको तालीमको समापन गरिएको सिमान्तकृत महिलाहरुका लागी महिला संस्था (वाम) का कार्यक्रम संयोजक लालबहादुर जि.एम.ले जानकारी दिए ।