२०८१, १९ बैशाख बुधबार

“ठेक्का मिलाइदिन्छु भन्दै सात लाख भन्दा बढि रकम असुल्ने भाम ”

 

ठगी धन्दा गर्ने काममा बढि संग्लता

 

मुगु छायानाथ नगरपालिका ५ कार्कीबाडा निवासी लाल बहादुर भाम ठेक्का र योजना मिलाइदिन्छु भन्दै लाखौको कमिसन असुली ठगी धन्दा गर्ने काममा बढि संग्लता रहेको पाईएको छ।
गाउँमा ठेक्का मिलाइदिन्छु भन्दै मुगु छायानाथ नगरपालिका ५ कार्कीबाडा निवासी लाल बहादुर भामले हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर ४ का नेत्र टमटा बाट  ७ लाख   भन्दा बढि कमिसन असुलेका छन्।

भामले २०७९ भाद्र १२ मितिमा राष्ट्रिय वाणिज्य बैँकमा रहेको खातामा पैसा डिपोजिट गर्न लगाएका थिए । पीडित टमटाले खातामा रु ७ लाख ३० हजार रुपैयाँ जम्मा गरेका गरेका थिए ।
लामो समयसम्म काम भैहाल्छ भन्दै दिनानु दिन झुलाएपछि नयाँ नेपाललार्ई गुर्हान बाध्य भएका छन्। काम कहिले हुन्छ भनेर सोधेपछि उल्टै थर्काउने र अन्तिममा आएर सम्पर्कविहीन भएपछि पीडित टमटाले नयाँ नेपाललाई गुनासो व्यक्त गरेका छन्।

भामलाई योजनाको लागी रकम बुझाउँदा साहुसँग सय कडा ३ का हिसाबल कागज गरेर ऋण लिएको पिडित टमटाले बताए। आफ्नो पैसा फिर्ता गर्न साहुले ऋण मागेको माग्यै छ बारम्बार तनाव दिदा ‘म अहिले मरौँ कि, बाँचौँ भन्ने दोसाँधमा गुज्रिरहेको बताए। पैसा खाने भामलाई फोन गरेको पटक पटक नम्बर फेरबदल गरिरहने र नम्बर पत्ता लागेपछि अतिव्यस्त भएको नाटक गर्ने दिन टार्ने गरेको बताए।

धेरै समयपछि भाम एक्कासि भेटिएपछि पीडित टमटाले भामलाई पाता खसेपछि एन. आई. सी एसिया बैकको २०८० साउनको ३ को मितिमा खातामा रकमै नभएको सात लाख तीस हजारको चेक दिएको बताए। उक्त पीडित टमटाले २०८० कार्तिक १७ गते लालबहादुर भामको नाममा जिल्ला प्रहरी कार्यलय वीरेन्द्रनगर सुर्खेतमा बैकिँग कसुर सम्बन्धी जाहेरी दिएका थिए। जाहेरी दिएपछि अपराध अनुसन्धानमा तथा कारबाही शाखाले बैंकिङ कसुर मुद्दामा सबै प्रतिलिपिहरू बाउँन्स गर्दिएको छ। बैकिग कसुर तथा सजाय ऐन २०६४ को दफा २० बमोजिम पछि सम्म फरक नपर्ने गरि सहयोग गर्दिनका लागी अनुरोध समेत गरेको छ।
नयाँ नेपालको टिमले पीडित टमटाको कुरा सुनेपछि भाम संग कुराकानी गर्नका लागी सम्पर्कमा ल्याउन खोज्दा सम्पर्क विहीन रहेका छन्।
 लाल बहादुर भाम अ. हे.व का स्थायी कर्मचारी हुन्।

 

लाल बहादुर भाम खातामा जम्मा गरेको भौचर र चेक बाउन्स गरेको हेर्नुहोस्