२०८१, १९ बैशाख बुधबार

समग्र शिक्षा क्षेत्रको चुनौती समाधान विषयक शिक्षा कार्यशालाको कार्यक्रम सम्पन्न

सुर्खेतमा प्राज्ञिक विद्यार्थी परिषद नेपालले आधारभुत तहदेखि उच्च तह सम्मको शिक्षासँग जोडिएका, पाठ्यक्रम, शिक्षण विधि मूल्यांकन पद्धति र शिक्षा नीतिको विषयमा कार्यक्रम गरेको छ । सुर्खेतमा प्राज्ञिक विद्यार्थी परिषद नेपालले समग्र शिक्षाक्षेत्रको चुनौती र समाधान विषयक शिक्षा कार्यशालाको मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

सुर्खेतमा शुक्रबार भएको शिक्षा कार्यशालाको मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा।डा नन्द बहादुर सिंहले उद्घाटन गरेका थिए।
शिक्षा कार्यशालामा कार्यक्रम संयोजक परिषद्का राष्ट्रिय उपाध्यक्ष तथा पूर्वाञ्चल विश्वविद्यालयका पुर्व डीन प्राध्यापक डा. विजु थपलियाले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रम संयोजक मध्यपश्चिम विश्वविद्यालयका प्राचार्य जसवीर रोका थिए। टिप्पणीकर्ता कर्णाली प्रदेश योजना आयोगका माननीय जित बहादुर शाह मध्यपश्चिम विश्वविद्यालयका डिन सह प्रा.डा सुदीप ठकुरी , जनज्योति मा.वी सुर्खेतका प्र.अ नारायण सिग्देल थिए। उक्त कार्यक्रममा विभिन्न शैक्षिक संस्थाका सञ्चालक, क्याम्पस प्रमुख, प्राचार्य, शिक्षक र परिषदका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

प्राज्ञिक विद्यार्थी परिषद नेपालले आधारभुत तहदेखि उच्च तह सम्मको शिक्षासँग जोडिएका, पाठ्यक्रम, शिक्षण विधि मूल्यांकन पद्धति र शिक्षा नीतिको विषयमा हाम्रो शिक्षण प्रणालीमा जीवन–उपयोगिता र व्यावहारिकता भन्दा घोकन्ते प्रवृत्ति मौलाउनु पनि शैक्षिक क्षेत्रको प्रमुख चुनौती भएको र शिक्षा– सम्बन्धी हकको संरक्षण, सम्वर्द्धन तथा सुनिश्चित गर्न राज्यले हरसम्भव प्रयास गर्नुपर्ने प्रधानाध्यापक नारायण सिग्देलले भने यसलाई चरितार्थ गरेका छन्। उनले आफ्नो विद्यालयमा सुरु गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रमले राष्ट्रिय अभियानको रुप लिएको छ। सिग्देलले आफ्नो विद्यालयमा त कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गरेका छन् नै, सरकारले नै यसलाई अंगीकार गरेको छ। जनज्योति स्कुलका विद्यार्थी पढाइसँगै विभिन्न सीपमूलक काम गर्छन् र त्यसबाट आयआर्जन पनि गर्छन्। विद्यार्थीलाई सिलाइबुनाइ, तरकारी खेती, माछापालन, मौरीपालन आदिमा सहभागी गराएर कमाउन सक्ने बनाइएको जनज्योती मा।वी का प्र.अ नारायण सिग्देलले बताए।

मध्यपश्चिम विश्वविद्याललयका उपकुलपति प्रा .डा नन्द बहादुर सिंहले कर्णालीको शिक्षा क्षेत्रमा शिक्षा क्षेत्रलाई सुदृढ गर्ने र प्रारम्भिक उच्च शिक्षा, अनौपचारिक तथा जीवनपर्यन्त शिक्षा, परम्परागत तथा खुला शिक्षा, समावेशी र विशेष शिक्षा, शैक्षिक सुशासन र जनशक्ति व्यवस्थापन, शिक्षा प्रणालीको सबलीकरण गुणस्तर, बनाउनको लागी शिक्षामा लगानी गर्नुपर्ने बताए। प्राज्ञिक विद्यार्थी परिषद नेपालले विद्यार्थीको हक अधिकारसँगै राष्ट्रलाई केन्द्रमा राखेर सनातन धर्म, संस्कृतिको रक्षामा सक्रियता देखाउँदै आएको जनाइएको छ । शिक्षाका माध्यमले राष्ट्रका लागि असल चरित्रको व्यक्ति निर्माण प्राज्ञिकको उद्देश्य रहेको उल्लेख छ ।