२०८१, ८ जेष्ठ मंगलवार

मुगुमा सार्वजनीक स्थलमै जातिय विभेद

मुगुको सोरु गाउँपालीका ५ नेर बस्ने २५ वर्षिया सर्पराज नेपालीमा माथी माघ १० गते सार्वजनीक स्थलमै जातियविभेद गरिएको छ ।
छाँयानाथ रारा नगरपालिका – १ बसपार्क नजिकै गमगढी बजार न्युरोडमा रहेको मिलन होटेलका संचालक कमला थापा,उनका भाई प्रकाश थापा र सोही ठाउँका प्रकाश मल्लले योजनावद्ध जातिय विभेद गरेका हुन् । यात्रुको निहुँ बनाई योजनाबद्ध रुपमा बसपार्क पुगेर सामूहिक रुपमा कुटपिटसमेत गरेको पीडित सर्पराजले् गुनासो गरेका छन् ।
पीडित नेपालीकाअनुसार २०८० माग १० गते बिहान ८ः०० बजेतिर छायाँनाथ रारा नगरपालिका– २ न्युरोडमा हुम्ला जाने यात्रुहरु खोजिरहेका थिए । बसपार्कमा हुम्ला जाने यात्रुहरुले प्रहरी पोस्टमा खटिएका एक जना प्रहरीलाई हुम्ला जाने गाडी सम्पर्कमा बोलाइदिन अनुरोध गरे। प्रहरीले पीडित नेपालीलाई बिहान फोन गरी हुम्ला जाने हो भनी सोधेपछि उनले हो भनेका थिए। प्रहरीले जाने भए बसपार्कमा हुम्ला जाने यात्रुहरु छन् भनेर बोलाएपछि उनी न्युरोडबाट बसपार्क पुगेका थिए।
बिहान ९ बजे न्युरोड गमगढीमा रहेको मिलन गेस्ट हाउस होटलको गाडी बसपार्कमा पुगेपछि गाडी चालक मोहन पुरी र सहचालक देवीलाल बुढाले ‘तेरो गाडी हाम्रो गाडीभन्दा अगाडि गयो भने तेरो गाडी तोडफोड गरिदिन्छु’ भन्दै धम्की दिएको सर्पराजले बताए।
‘मिलन गेष्ट हाउस होटेलकी सञ्चालक कमला थापासहित प्रकाश थापा र प्रकाश मल्ल बसपार्कमा पुगी आफूलाई गाडीको सिटबाट बाहिर तानेर त खाते डुम हामीभन्दा ठुलो बन्न पाउँदैनस, हामीसँग प्रतिस्पर्धा गर्ने त डुम साले भन्दै तीन जनाले मलाई सार्वजनिकस्थल बसपार्कमा मलाई हातपात गरी कुटपिट पनि गरे,’ उनले भने। उनले आफू प्रहरीकै अगाडि बसपार्कमा जातीय रुपमा गाली बेइज्जती र कुटपिट भएको बताए । तर, प्रहरीले उनीहरुसँग छलफलमा टुङ्ग्याउन भनेपछि सरकारी संयन्त्रसमेत निमुखाको पक्षमा नभएको उनको भनाइ छ ।
सर्पराज माघ १४ गते आइतबार दिउँसो पुनः जाहेरीका साथ जिल्ला प्रहरी कार्यालय मुगुमा पुग्दा पीडक पक्षले आफ्नो गल्ती स्वीकार गरेका र घटनालाई छलफलबाट मिलाउन भने।

‘मैले नमानी मुद्दा नै दर्ता गर्ने भनेपछि प्रहरीले आफ्नो जाहेरीमा विभिन्न कारण देखाउँदै दर्ता गर्न मानेको छैन,’ उनले गुनासो पोखे, ‘अहिले पनि मलाई चारैतिरबाट मेलमिलाप गर्न दबाब आएको छ।’
यता जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख, प्रहरी निरीक्षक सूचना अधिकारी प्रकाशसिंह कार्कीले जाहेरी आएको र जाहेरीमा केही कुरा सच्याएर ल्याए मुद्दा प्रक्रिया अगाडि बढ्ने बताए।

 

 

सम्बन्धित समाचार