शिक्षण पेशा छोडेर अल्लो व्यवसायलाई ब्रान्ड बनाउन खोजीरहेका ढकाल
सुर्खेत : शिक्षण पेशा छोडेर मनिलाल अहिले अल्लो व्यवसायमा सिस्नु र भांगो गाँजाको बोट बाट अल्लो धागो र पोशाक उत्पादनमा रमाएका छन्।
हुम्लाको अदानचुली गाउँपालिका साविकको कालिका गा.वि.स को लौठिमा जन्मिएका स्थायी बासिन्दा हुन मनिलाल ढकाल (सुझाव) उमेरको हिसाबले उनी ४५ वर्ष पुगेका छन्। मनिलाल ढकाल हुम्लाको पहिलो अल्लो व्यवसायी हुन। मण्डाल्नी अल्लो कपडा उद्योग र अदानचुली दाजुभाइ साझेदारी ढाका कपडा उद्योग सञ्चालन गरेको पनि १० वर्ष बितेको छ।
अल्लो पकाउनु, त्यसलाई चर्खाबाट धागो बनाउनु, अनि पोशाक तयार गर्नु नै ढकालको दैनिकी हो। उनले कोट, स्टकोट , टोपी, पछ्यौरा, गलबन्दी, ‘पर्स’ र ‘ स्कूल ब्याग’ जुत्ता लगायतका सामग्री बनाएर बेच्ने गरेका छन्।
वार्षिक १३ लाखको कारोबार
उनले करिब ७५ हजार रुपैयाँ लगानी गरेर व्यवसाय सुरु गरेका थिए। अहिले यसैको व्यापारबाट वार्षिक १३ लाखसम्म आम्दानी भित्र्याएका छन् ।
शिक्षण पेशा छोडेर शिक्षण पेशा छोडेर मनिलाल अहिले अल्लो व्यवसायमा सिस्नु र भांगो गाँजाको बोट बाट अल्लो धागो र पोशाक उत्पादनमा रमाएका छन्। अल्लो व्यवसायमा केही गर्नुपर्छ र कर्णालीमै आत्मनिर्भर नभई सशक्तीकरण हुने र रोजगारीको सिर्जना गर्ने सोच लिएर मैदानमा उत्रिएका छन्। उनले अहिले ७ जनालाई रोजगारी समेत दिईरहेका छन् । अल्लो व्यवसायबाट नाम कमाउने सफल बन्ने र आर्थिक रुपमा पनि सबल हु उनले नयाँ नेपाल दैनिक पत्रिकालाई बताए । अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चलिरहेको बताए ।
अल्लोको व्यवसाय सुरुवातमा उनले अल्लोको धागो बनाउन चाल्ने सिस्नो, गाँजाको बोट अल्लोको व्यापार गरेर वार्षिक १३ लाख रुपैयाँ बराबरको कारोबार गरेको पनि मनिलाले बताए । उनका अनुसार कोभिडको समयपछि पहिलाको भन्दा तुलनात्मक रूपमा व्यापार घटेको छ । ‘प्रविधिको प्रयोग नगरी हातबाट अल्लोको सामान बनाउनु पर्ने हुन्छ, हातबाट बनाउँदा समय धेरै लाग्छ, प्रविधिको सहयोग मिल्यो भने उत्पादन पनि बढी हुने र लागत पनि कम लाग्ने बताए। ‘बजार सानो छ, उत्पादन बढी, यहाँका अधिकांश पेशाले यो बजारमा माग उच्च भयो भने सोही ठाउँका धेरैले रोजगारी पाउँथे ।
उनले ८ सय देखि ३५ सय रुपैयाँ सम्मका मूल्यका बराबर अल्लो बाट उत्पादन भएका कपडाको मूल्य रहेको बताए । परम्परागत काठको तानमा हातले बुनिने अल्लो कपडाको माग स्देश र विदेशमा पनि बढ्न थालेपछि अहिले अल्लोको कपडा उत्पादन गर्ने ७ जना कामदारलाई भ्याइनभ्याई छ । आफू मात्र रोजगारी नभई हजारौं बेरोजगारहरूलाई रोजगारको सिर्जना गर्ने र केही जीवनशैली बदलिन सकिने दाबी समेत गरेका छन्।