२०८१, २८ भाद्र शुक्रबार

ढङ्ग पु¥याएर काम गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सक्कली व्यवसायीलाई सरकारको नजिक पु¥याउन नेतृत्व गर्नेहरुले ढङ्ग पु¥याएर काम गर्नुपर्ने बताएका छन् ।

राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा, सिर्जनशील युवा राष्ट्रिय अभियानको संयुक्त आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतकोवीरेन्द्रनगरमा बुधबार आयोजित उद्यमशीलता प्रेरणा सम्मेलनमा मुख्यमन्त्री कँडेलले क र्णालीमा कार्यक्रमका आधारमा बजेट माग्ने र बजेटका आधारमा कार्यक्रम बनाउने प्रचलन व्यापक भएको बताएका हुन् ।

व्यवसायी पनि यसबाट अछुत नरहेको बताउँदै उनले भने, ‘‘जसले सक्कली व्यवसाय गरिरहेको छ त्यो धेरै टाढा छ । जसले कागज मिलाइएको छ त्यो सरकारको नजिकै रहेको छ भन्ने लागिरहेको छ । सक्कली व्यवसायीलाई सरकारको नजिक पु¥याउने कुरामा त्यसको नेतृत्व गर्नेहरुले अलि बढी ढङ्ग पु¥याउनु पर्छ भन्ने मलाई लागेको छ ।’’

कार्यक्रम मिलाएर होल्ड गर्ने तर त्यसपछि काम नगर्ने तरिकालाई सुधार्नु पर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिए । सही तरिकाले काम गर्ने गरेर आउनेलाई भने पूर्वाधार निर्माणका कार्यमा सरकारले
साथ दिने प्रतिबद्धता जनाए ।

दलीय व्यवस्थालाई दिनदिनै बदल्ने कुरालाई सहज मानेर चर्चाको विषय नबनाउन मुख्यमन्त्री कँडेलले आग्रह गरे । उनले उद्योग र व्यवसाय सञ्चालनको तरिकालाई बहस र छलफलका रुपमा लिनुपर्ने जोड दिए । सम्मेलनमा उद्यमशील युवा, सिर्जनशील युवा राष्ट्रिय अभियानका संयोजक भुपेन्द्रजंग शाही, उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल, श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयक ा सहसचिव गोविन्दप्रसाद रिजाल, मुक्तिनाथ विकास बैंक मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरत ढकाल, नबिल बैंकका डेपुटि सिईओ मनोजकुमार ज्ञवाली लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कर्णालीका युवा उद्यमी तथा उद्यम गर्न चाहने युवाहरुका लागि उद्यमशीलता प्रेरणा दिनका लागि आयोजित सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका १८ वर्षदेखि ४० वर्षमुनिका युवा उद्यमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उद्यमशीलता विकास, सम्भावना, उद्यम गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट लिन सकिने सेवा सुविधाहरु लगायतका विषयमा जानकारी दिनुका साथै उद्यमशीलता सम्बन्धी सफलताका अनुभवहरु आदान–प्रदान गरिएको छ ।