२०८१, १८ बैशाख मंगलवार

योजनाकै लागी ४ लाख कमिसन लिएर, छ बर्ष झुलाए एमाले नेता खडकाले!

विचौलीया धन्दामा बढि संग्लनता

४ लाख कमिसन लिएर छ बर्षसम्म झुलाएका खड्का अहिले विचौलीया धन्दामा बढि संग्लनता देखिएका छन्।

व्यवाहारिक रुपमा हेर्दा खाइलाग्दा अनुहार भद्र भलादमी जस्तो ज्यान भएका नेकपा एमालेका कर्णाली प्रदेश कमिटी सदस्य कर्ण बहादुर खड्काले योजना मिलाइदिन्छु भन्दै लाखौँ रुपैँयाको कमिसन असुलेका छन् ।
दैलेख गुराँस गाउँपालिका वडा नम्वर ८ मकुट्क का स्थायी बासिन्दा कर्ण बहादुर खड्काल योजना मिलाइदिन्छु भन्दै लाखौको कमिसन असुलेका छन्।
खडकाले योजना मिलाइदिन्छु भन्दै हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर ४ का मान बहादुर टमटा बाट अक्षरुपी ४ लाख कमिसन असुलेका छन्।खडकालाई २०७५ साउन १२ गते अक्षरुपी ४ लाख रुपैयाँ हातमै दिएको टमटाले बताए।

लामो समयसम्म काम भैहाल्छ भन्दै दिनानु दिन झुलाएपछि टमटाले नयाँ नेपाल दैनिकलार्ई गुर्हान बाध्य भएका छन्।

धेरै लामो समयसम्म सम्पर्कविहीन भएपछि फोन गरेको पटक पटक नम्बर फेरबदल गरिरहने र नम्बर पत्ता लागेपछि कुरा गर्दा कार्यक्रममा अतिव्यस्त छु साँझ फोन गरौँला भनेर फोन कटाइदिने तपाईँको काम भैरहेको छ नाम मात्र सच्याउन बाँकी छ तपाईको काम भैहाल्छ भन्दै झुलाएको छ बर्षसम्म फ्लोअप गरेको टमटाले बताए।

नयाँ नेपालले टमटाको कुरा सुनेपछिको संवाद

१. कर्ण बहादुर खड्का संग तपाइँको चिनजान कसरि भयो ?

म २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट अदानचुली गाउँपालिकाको कार्यपालिका सदस्यमा मनोनित निर्वाचित जनप्रतिनिधी हो । जनता योजनामुखी बढि भएको हुनाले त्यो बेला एमाले सरकारमा थियो। एउटै पार्टिमा भएको हुँदा खड्का संग चिनजान भएको हो उनी नेकपा एमालेका कर्णाली प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो।

२. प्रदेश कमिटी सदस्य भएपछि चार लाख पैसा दिहाल्नु पर्ने के थियो

व्यवाहारिक रुपमा हेर्दा खाइलाग्दा अनुहार भद्र भलादमी जस्तो ज्यान भएका मान्छे देखे त्यो बेला बारम्बार फोन भैरहन्थ्यो तर सम्पर्कमा थियौँ उहाँले भनिरहनुहुन्थ्यो
प्रदेश कमिटी सदस्यको हैसियतबाट काम जसरी पनी काम भैहाल्छ ढुक्क बस्नुस मान बहादुर टमटा जी भनेर मख्ख बनाएपछि मैले पैशा दिन तयार भए। खडकाले छ बर्ष झुलाए ।

३. योे पैशाको विषयमा अहिले के भैराको छ , त्यो भन्दा अरु पैसा खर्च भएको हो ?

धेरै लामो समयसम्म सम्पर्कविहीन भएपछि २०७९ ०१ महिना ०१ गते भेटेको दिन काम गर्न सक्नु भएन लामो समय सम्म झुलाईरहनु भयो मलाई तुरुन्त चाहियो भनेर पाता कसेपछि त्यहि दिनमै कागज गरियो । ४ लाख रुपैँयाा उक्त साँवा एकमुष्ट रकम २०७९ भाद्र २५ गतेसम्म बुझाउनेछु उक्त तोकिएको समयमा नवुझाएमा आलटाल गरेमा ब्याज सहित तिर्नेगरी कागज बनाईयो । तर भनेको समयमा भाका पुरा नभएपछि पुन भेट भयो ।

२०८० /५ / २५ को मितिमा खातामा रकमै नभएको ४ लाख रुपैँयााको चेक दिए। कर्ण बहादुर खड्काको नाममा जिल्ला प्रहरी कार्यलय वीरेन्द्रनगर सुर्खेतमा बैकिँग कसुर सम्बन्धी जाहेरी दिएपछि अपराध अनुसन्धानमा तथा कारबाही शाखाले बैंकिङ कसुर मुद्दामा सबै प्रतिलिपिहरू बाउँन्स गर्दिएको छ।

४ लाख  चोखा पैसा मात्र हातमै दिएको हो । त्यो भन्दा अरु खर्च पनि भएको छ, सुर्खेतका भिआइपी महँगो होटेलमा लगेर खड्कालाई खर्च गरियो पिडित मान बहादुर टमटा बताउनुहुन्छ।

३. त्यसो भए हजुर पनि बिचौलीया हो भन्ने प्रमाणित हुन्छ त
उनले न्यास्रो अनुहारमा भने साहुसँग सय कडा ३ का हिसाबल कागज गरेर ऋण लिएको छु म बिचौलीया हैन आफ्नो पैसा फिर्ता गर्न साहुले ऋण मागेको माग्यै छ बारम्बार तनाव दिदा ‘म अहिले मरौँ कि, बाँचौँ भन्ने दोसाँधमा छु ।

४ अन्तिममा के भन्न चाहानुहुन्छ ?

खड्काले ४ लाख कमिसन लिएर छ बर्षसम्म झुलाउनु भयो । अन्तीममा आयर धम्काउने सुम्पर्कविहीन हुने जस्ता क्रियाकलाप भएपछि मीडीयाबाजी गर्न बाध्य भए । मेरो समस्याको हल हुन्छ कि भनेर नयाँ नेपालको टिमलाई अनुरोध गरेको हुँदा काम हुन्छ की भन्ने आसावादी पनि छु।

टमटालाई दिएको दुई- दुई लाखको चेक

 

सम्बन्धित समाचार