२०८१, २० बैशाख बिहीबार

मृगौला फेल भएकी धुप नेपाली आर्थिक अभावमा ओछ्यानमै छटपाउदै सहयोग गर्न परिवारको अपिल

मृत्युको दोसाँधमा पुगेकी धुप नेपाली

मृगौला फेल भएकी हुम्लाको अदानचुली गाउँपालिका वडा न ३ धुप नेपालीको उपचारका लागी परिवारले आर्थिक सहयोग गर्न सबैमा अपिल गरेका छन् ।

एक महिना देखी मृगौला फेल भएर उपचार गराउदै आ एकी ३० बर्षकी नेपालीको घरपरिवारको आर्थिक अवस्था अत्यन्तै दयनिय भएकोले उपचारका लागी सहयोग गर्न सबैमा अपिल गरेका हुन् ।

स्वास्थ्यमा केही समस्या भए पछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यरोपरण केन्द्र भक्तपुर दुधपाटीमा स्वास्थ्य परीक्षण गर्दा मृगौला फेल भएको रिपोट आएको थियो । फेल भएको रिपोट आएसंगै उनको स्वास्थ्यमा समस्या बढ्दै गएपछि हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यरोपरण केन्द्रमा उपचार भइरहेको उनका श्रीमान दत्त नेपालीलेन नयाँ नेपाललाई बताए।
गाउँघर मै सामान्य खेती किसान गर्दै आएका नेपालीका परिवार आर्थिक अअवस्था निकै नाजुक हुँदा दत्त नेपालीको परिवार अहिले बिच्चललीमा परेका छन् ।
डाक्टरका अनुसार छिटो भन्दा छिटो अप्रेसन गर्नुपर्ने हुँदा आर्थिक जुटाउन गाह्रो भएको श्रीमान दत्त नेपालीले बताए।
उनका परिवारजनले आर्थिक सहयोग गर्न चाहानेले श्रीमान दत्त नेपालीको ग्लोवल आई. एम. ई बैंक लिमिटेड नयाँ बजार कृतिपुर शाखामा रहेको खाता नम्बर १०७०१०००३५७९ मा जम्मा गरिदिन अपिल समेत गरेका छन् । बिरामी धुप नेपाल्किो श्रीमान दत्त नेपालीको ९८४३९८९८०५ मा सम्पर्क गर्न आग्रह गरेका छन् । साथै नयाँ नेपालको को टिमलाई पनि सम्पर्क गर्न सक्नुहुने छ।