वीरेन्द्रनगरमा घाँटी काटिएको पुरुषको शव फेला
सुर्खेत । वीरेन्द्रनगरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । बारा जिल्ला घर भई हाल वीरेन्द्रनगर–९ लाटीकोइली स्थित दैलेखी टोल बस्ने अन्दाजी ३२ वर्षिय अनिल पट्टेल मृत अवस्थामा फेला परेका हुन् ।
मंगलवार बिहान ११ बजे घटनास्थलमा पुगेका प्रहरीकाअनुसार घाँटीमा गहिरो चोट छ उनकै कोठामा रगत लागेको चुलेसी फेला परेको थियो । पट्टेल आफैले घाँटीमा चुलेसी प्रहार गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । उनी लामो समयदेखि वीरेन्द्रनगरमा कोठा भाडामा बस्दै आएका थिए ।
घरपरिवार नआउन्जेल सम्म उक्त शवलाई नचलाउने र कोठा बन्द गरेर सुरक्षित राखिएको छ । बाँकी थप अनुसन्धानबाट खुल्न सक्ने प्रहरीले बताए ।