२०८१, २१ बैशाख शुक्रबार

आलियासँग किन रिसाए सिद्धार्थ मल्होत्रा ?

एजेन्सी । बलिउडमा गत शुक्रबारबाट रिलिज भएको आलिया भाट र वरुण धवनको फिल्म ‘बद्रीनाथ की दुल्हनिया’ले सफलता पायो ।

फिल्मले बक्स अफिसमा राम्रै सुरुवात गर्यो । अहिलेसम्म विश्वव्यापी रुपमा १५० करोड रुपैयाँ कमाई गरेको छ । फिल्म सफल भएको अवसरमा आलियाले ‘सक्सेस पार्टी’ राखिन् तर, पार्टीमा उनका प्रेमी सिद्धार्थ मल्होत्रा आएनन् ।

हिजोआज सिद्धार्थ आलियासँग रिसाएका छन् र उनी आलियाको फिल्मको सफलताप्रति खुशी छैनन् । किनकि आलिया धेरैजसो समय वरुणसँग बिताइरहेकी छिन् ।

खबरअनुसार, होली पार्टीमा पनि वरुण र आलियालाई मात्रै देखियो । सक्सेस पार्टीमा पनि सिद्धार्थ देखिएनन् । सिद्धार्थलाई आफ्नी प्रेमिका अरु कोहीसँग बढी समय बिताएको मन नपरेको हुन सक्ने बताइन्छ ।