२०८१, २१ बैशाख शुक्रबार

कमेडियन कपिल शर्माले सार्वजनिक गरे आफ्नी प्रेमिका ! 

एजेन्सी । चर्चित भारतीय कमेडियन कपिल शर्माले आफ्नो प्रेमिकालाई सार्वजनिक गरेका छन् । कपिलले आफू र आफ्नो प्रेमिकाको एक तस्विर ट्विटरमा सेयर गरेका छन् ।

तस्विर सेयर गर्नु पहिले कपिलले आफ्नो शुभचिन्तकलाई ‘केही सेयर गर्न चाहेको तर केही समय लाग्ने’ बताए । त्यसपछि उनले प्रेमिका ‘गिन्नी’सँगको तस्विर सेयर गर्दै लेखे, ‘म यसो भन्दिन कि उनी मेरी बेटर हाल्फ हुन्, उनी मलाई पूरा गर्छिन्.. लभ यू गिन्नी… तपाई सबैले उनलाई स्वागत गर्नुहोस्…उनलाई म धेरै माया गर्छु ।’

त्यस्तै, कपिलले दीपिका पादुकोणलाई पनि ट्विीट गर्दै लेखेका छन्, ‘दीपू अब म तिमीलाई सम्झने छैन ।’ जानकारी रहोस्, कपिललाई मनपर्ने अभिनेत्री दीपिका पादुकोण हुन् । त्यसो त कपिलको नाम उनको शो ‘द कपिल शर्मा शो’की क्रिएटिभ डायरेक्टर प्रिती सिमोन्ससँग पनि जोडिएको थियो ।

अहिले गिन्नी चत्रार्थसँग कपिलको नाम जोडिइसकेको छ । कपिल र गिन्नीले इन्गेजमेन्ट गरिसकेको बताइएको छ भने यस बर्षको अन्त्यसम्ममा विवाह गर्ने पनि बताइएको छ ।