२०८१, २० बैशाख बिहीबार

‘चमेली’मा प्रियंकाको आइटम डान्स (भिडियोसहित)

६ चैत, काठमाडौ । नेपाली कथानक चलचित्र लालटिनको नयाँ गीत चमेली सार्वजनिक भएको छ । युट्युवमार्फत सार्वजनिक गरिएको चमेलीमा नायिका प्रियंका कार्कीको आइटम डान्स रहेको छ । जसमा दयाहाङ राईको पनि अभिनय रहेको छ ।

युवामाझ लोकप्रिय रहेकी चर्चित गायिका आस्था राउतको स्वर रहेको गीत चमेलीमा किरण माइकलले शब्द र संगीत भरेको हुन् । फिल्म लालटिन देवकुमारको निर्देशनमा बन्न लागेको हो ।