२०८१, १ कार्तिक बिहीबार

समाजको दमनदेखि शितलनिवाससम्म महिला

sabitaलैङ्गिक स्तरले भेदभाव एवं हिंसाका विरुद्ध विश्वभरमा आवाज उठ्न थालेको धेरै समय पुरा भईसकेको छ । यो समयसम्म आईपुग्दा महिलाहरुमा चेतनाले स्तर उच्च लिईसकेको छ ।

महिलाहरु सदियौ देखि अन्यायमा परिरहेका थिए तर उनीहरुको त्यो अन्यायको आवाज उठाईदिने कोहि पनि थिएन । अझै मानिसहरु जंगलमा बस्दाको समयमात पूरुषहरुनै महिलाको मालिक बन्थे । महिलाहरुले यतिधेरै पिडा सहेर पनि हामिलाई अन्याय भयो हामि चुप लागेर बस्नुहुदैँन भन्ने चेतना उनिहरुमा आउन सकेन ।

तर यस्तो कुरा सधैँ कहाँ टिक्न सक्छर, समाजमा शिक्षाको विकास र चेतनाको क्षेत्र बढ्दै गयो । फलस्वरुप शिक्षामा महिला सहभागीता पनि बढ्दै गयो । यहाँसम्म आईपुग्दा शिक्षीत बनिसकेका महिलाहरुमा समाजमा आफ्नो महत्वपूर्ण स्थान बनाउनुपर्छ भन्ने चेतना आउन थाल्यो । पितृसत्तात्मक सोचले भरिएको हाम्रो समाजमा अहिले त महिलालाई पूर्ण स्वतन्त्रता छैन भने हामि सोच्न सक्छौ पहिलेको समाजमा त झन नारी र पुरुषमा कति बिभेद थियो होला भनेर । त्यसो त समाजमा महिला मात्रैले चाहेर सम्भव हुने कुरात सायदै छन्, त्यसैकारणले पनि समाजमा हुने हरेक विभेदलाई कम गर्न तथा समानता कायम गर्न पुरुषको साथ अपरीहार्य छ ।

यसरी महिलालाई पुरुषको सहयोगको खाँचो पर्यो । आखिरमा महिलालाई अघि बढ्नको लागि सहयोगको आवश्यकता पर्दा तिनै पुरुषहरुले महत्वपूर्ण सहयोग गरे । उनिहरुको सो सहयोगले निरन्तरता पाउदै गएका कारण महिलाहरु चुलोचौकोबाट बाहिर आउन सफल भए । समयको परिवर्तनले समाजका हरेक क्षेत्रमा आएको परीवर्तन सँगै विकास निर्माणका काममा महिला र पुरुषको समान सहभागिता कायम हुन थाल्यो ।

पृथ्विको आधा भागमा छरीएर रहेका महिलाहरुमा त्यसपछि समुदायका विकास निर्माणका कामदेखि राजनीतिक काममा पनि आफ्नो स्थान जमाउनुपर्छ भन्ने सोच महिलाहरुमा एकाएक आउन थाल्यो । यी र यस्तै महान सोचविचारका कारण महिलाहरु लैङ्गिक समानताको दिशामा सकारात्मक एवं प्रभावकारी लक्ष्य प्राप्त गर्न सफल भए ।

फलस्वरुप आज नारीहरुको ओहदा कुनै पनि पुरुषको भन्दा फरक छैन । यसका पछाडी नारीहरुको एकरुपता र चासो त्यसैगरी पुरुषहरुको साथ र सहयोग आउँछ । शिक्षा, चेतना, प्रोत्साहन र अवसर बाट पछाडि पारीएका महिला पुरुष समान ओहदामा आउँदा पनि महिलाहरुको प्रतिनिधित्व बढाउँदै लैजान कुरा आवश्यकताको विषय ठानेर महिलाहरु स्वयमले आरक्षणको व्यवस्था गर्न माग गरे ।

त्यतिबेलाको समयमा आरक्षण महिलाहरुको रहर नभई बाध्यता जस्तै थियो । त्यो पुरानो ढुंगे युगको समाप्ती भएर आजको यो विज्ञानको युगको जन्म भईसक्दा पनि नेपालका महिलाहरु अब कुनै पनि खण्डमा महिलाहरु कम छैनन् । परीआएको खण्डमा महिलाहरु देशको लागि जुनसुकै बहादुरी देखाउन पनि पछि पर्ने छैनन् भन्ने कुरा प्रस्ट भईसकेको छ ।