२०८१, ८ जेष्ठ मंगलवार

विद्यार्थी बेहोस हुँदा एक महिनादेखि पढाई प्रभावित विद्यालयमा हप्ता हप्तामा धामिझाँक्रि

 तस्बीर विद्यालयमा धामि बसाल्दै ।
तस्बीर विद्यालयमा धामि बसाल्दै ।

सुर्खेत, पुस २६ ।यहाँको जिल्लाको लेखगाउँ गाविसमा रहेको एक विद्यालयमा गएको डेढ महिना अघिदेखि छात्राहरुमा एक्कासी बेहोस हुने समस्या देखिदा पढाई प्रभावित भएको छ ।

छात्राहरु एक्कासी बेहोस हुने समस्या देखिन थालेपछि विद्यालय नै बन्द गनुपर्ने अबस्था सिर्जना भएको हो । सुर्खेतको पश्चिमी क्षेत्रमा रहेको लेखगाउँ गाविस स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका छात्राहरु एक्कासी डेढ महिनादेखि छात्राहरुमा काम्ने र बेहोस हुने समस्या देखिएपछि लगातार त्यहि समस्या दोहोरिन थालेपछि पढाई प्रभावित भएको विद्यालयका प्रध्यानाध्यापक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

छात्राहरु बेहोस भएर जथाभावि हिड्दा अवस्था गम्भीर बन्दै गएको प्राध्यानाध्यापक शर्माले बताए । प्राध्यानाध्यापक शर्माका अनुसार बेहोस भएका छात्राहरु बेहोर अवस्था मै दौडिएर जंगलतिर लाग्ने गरेका छन् । एक हप्ता अगाडिदेखि नै विद्यालयमा यो समस्या दोहोरिएको र एक÷दुई दिन केही रोकिएपनि पुनः मंगलबार समस्या दोहोरिएको छ । दुई दिन मुख्य विरामी छात्रा विद्यालय नआउँदा समस्या नआएको र उनीहरु विद्यालय आउँदा पुनः समस्या आएको शर्माले बताए । मंगलबार त छात्राहरु काम्दै जंगलतिर हिडेको उनको भनाइृ छ ।

पाँच वर्ष अगाडि पनि विद्यालयमा यही समस्या देखिएको स्थानीय अभिभावकहरुको बताउँछन् । त्यतिवेला सोही समस्या समाधानका लागि अस्पतालबाट हुने उपचार गरिएपनि त्यतिवेला समाधान नभएको स्थानीयको भनाई छ । त्यतिवेलै उपचार नै नभएपछि विद्यालयमा धामिझाँक्रि गरिएको थियो । छात्राहरुले नै पुजाआजा गरेपछि आफूहरुको समस्या समाधान हुने बताएपछि सोही अनुसार त्यतिवेला पुजा गरिएको प्राध्यानाध्यापक शर्माले बताए ।

अहिले पनि विद्यार्थीहरुमा सोही समस्या देखिएपछि धामिझाँक्रि गरिएको प्राध्यानाध्यापक शर्माले बताए । धामिझाँक्रि गर्दा छात्राहरुलाई केही ठिक भएको र उनीहरुले पुजाआज गरेपछि ठिक हुने बताउने गरेकाछन् । बिरामी भएको अवस्थामा पनि छात्राहरुले आफूहरु झाँक्रि लगायतका देउता भएको भन्दै पुजा गर्नुपर्ने बताउने गरेकाछन् । ‘‘छात्राहरुले काम्दै आफूहरु झाँक्रि लगायतका विभिन्न देउताका नाम लिन्छन,’ प्राध्यानाध्यापक शर्माले भने–‘त्यस्तै भन्दै छात्राहरु जंगलतिर दौडिन्छन, हामीले धामिझाँक्रि पनि ग¥यौं । विद्यालयमा गत शुक्रबार धामि बसालिएको थियो ।

ब पुनः शनिबार छात्राहरुले भनेअनुसार पुजाआजा गर्ने तयारी गरिएको छ । अभिभावकहरुले पनि अब पुजाआजा गर्ने बताएकाछन् । यस अघि पनि पुजाआजा गर्दा नै समस्या समाधान भएको थियो । छात्राहरुलाई घरमा केही नहुने र विद्यालयमा आउँदा यो समस्या देखिने गरेको छ । पुजाआज गरेपछि पनि समस्या समाधान नभए अन्य उपाय पनि खोजिने प्राध्यानाध्यापक शर्माको भनाई छ ।

सम्बन्धित समाचार