२०८१, १८ बैशाख मंगलवार

आज माघिसक्र्रान्ति मेलाको सभामुखद्धरा उटघाटन हुदै

omsari सुर्खेत सभामुख ओनसरी घर्ती मगर आज (बुधबार) सुर्खेत आउैदैछन । बुधबारदेखि यही पुस २९ गतेसम्म यहाँको वीरेन्द्रनगरमा माघे संक्रान्तिका अवसरमा संचालन हुन लागेको ‘माघी मेला’ को उद्घाटनका लागि सभामुख घर्ती सुर्खेत आउन लागेकि हुन । नेपाल मगर संघ सुर्खेतको आयोजनामा मेला सञ्चालन हुन लागेको हो ।

मगर समुदायको विशेष पर्वका रुपमा रहेको माघीका अवसरमा मेलाको आयोजना गर्न लागिएको मेला मूल आयोजक समितिले जानकारी दिएको छ । मेलाको करिब तयारी पुरा भएको छ । मेलाको प्रचारप्रसारका लागि मंगलबार मोटरसाइकल ¥याली निकालिएको थियो ।

आफ्नो संस्कृति र पहिचानलाई बचाइ राख्नका लागि मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । आधुनिक युगमा पहिचानको इन्कार गर्नु मानव सभ्यतालाई समाप्त पार्नु भएको भन्दै सबै जाति समुदायको भाषा, संस्कृति, इतिहास र सामाजिक मूल्य–मान्यताको समुच्चरुप पहिचानलाई सबैले सम्मान गर्न सिक्नुपर्ने आयोजकको भनाई छ ।

यो मेलामा १२ देखि १५ वटा स्टल समेत राखिनेछ । मेलामा राखिने स्टलहरुमा मगर जातिका खानाका परिकाहरुसहितका होटलहरु हुनेछन । यस्तै केही स्टलहरुमा मगर समुदायले उत्पादन गरेका बस्तुहरु पनि राखिने छ ।

मेलाअवधिमा धनुषवाण प्रतियोगिता, छेलो प्रतियोगिता, एकल नृत्य र गीत प्रतियोगिता पनि आयोजना गरिने छ । यस्तै मेलामा राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि हुनेछ । साथै स्थानीय साँस्कृतिक कार्यक्रमहरु पनि हुनेछन । मेलामा सोरठी, ख्याली, सालैजो, कौडा, ठाडो भाका, दोहोरी आदि गीतहरु पनि प्रस्तुत हुने जनाइएको छ ।