२०८१, ६ मंसिर बिहीबार

हिल्साको पुल र हुम्लाको पहुँच

hilsa-pul-358x300राज्य परनिर्भर हुँदा आफ्नो सम्पन्नता पनि कमजोर सावित हुने रहेछ । हुम्ला जिल्लाको नारा लेकमा उभिएर तिब्बतको खाडी क्षेत्रतिर हेर्दा यही अनुभूति हुने गर्दछ । तिब्बती क्षेत्र पुग्नासाथ हरियो परियो भन्ने कुरै भेटिदैन । एउटा नदी लंकारी दहबाट बगेर आएको देखिन्छ । त्यस बाहेक अरु स्रोत सम्पदा केही पनि देखिदैन । तर चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा तिब्बतको विकास हुन थालेपछि हुम्लाको सम्पन्नता ओझेलमा पर्ने गरी त्यहाँको विकास भयो ।
हुम्लीहरुले यसको पीडा कहाँ पोखेका छैनन् र रु राति खेल्ने देउडा गीतमा होस् वा दिउसो वनमा ठाडी भाका लगाउँदा । यसो त सडक, सदन र सरकारसम्म सुनाएकै हुन् । अझै त्यसको गहिरो महसुस हुने गरी सुनुवाइ भएको छैन । यद्यपि हिल्सामा पुल बन्यो । त्यो पुलको उद्घाटन सरकार प्रमुख प्रचण्डले यही पुस ५ गते गरे । उनले उनदेखि नुनसम्मको सहजता आउने महसुस त्यत्तिकै गरेका होइनन् । यस पुलको उद्घाटन गर्दा र हुम्लाका प्रशासक अनि जनताको बीचमा उनले हुम्लाले विकास र परिवर्तनको महसुस गर्ने दिन अब आउने दावी गरे । यो पुल ५४ मि। लम्बाई, ६ मिटर चौडाईको छ । ६ करोड २२ लाख रुपैयाँमा बनेको यस पुलले ५० टन भारको क्षमता राख्ने बताइएको छ । २०६८ असार २६ गते खम्पात्चे टिएसे जेवी चाबहिलसँग सम्झौता भएपछि यो पुल निर्माण भएको हो ।

सदरमुकाम सिमकोटमा अन्तर्राष्ट्रिय नाका जोडिनेवाला छ । यस सडकमा चल्ने सवारी साधन धनीहरुले नारा यातायात सेवा गठन गरिसकेका छन् । समितिले तुम्कोटदेखि हिल्सासम्म पुग्दा प्रतिब्यक्ति एक हजार रुपैया र ठुलो मालगाडीको ३८ हजार रुपैयाँ निर्धारण गरेको छ ।

राज्यसँग सडक सञ्जालमा नजोडिएको जिल्ला भनेकै हुम्ला मात्र छ । हुम्लामा २०५५ सालबाट विकल्पको रुपमा हिल्सा(सिमकोट मोटर बाटो खन्ने काम शुरु भएको थियो । तीन वर्षअघि यस क्षेत्रको सडक अवलोकन गर्दा विश्व खाद्यको सहयोगमा १६ वर्षसम्म बल्लतल्ल ४० किलोमिटर सडक बनेको थियो । यो कार्यमा यस समयसम्म आई पुग्दा केही थप भएको छ । यसैगरी तुम्कोट खोलाको पुल, सल्ली खोलाको पुल, हेप्का खोलाको पुल निर्माण कार्य सम्पन्न हुन सकेको भए यतिबेलासम्म हिल्सादेखि सिमकोटसम्मको ८५ कि।मि सडकमा मोटरहरु गुडिसकेका हुने थिए । सिमकोटमा हेलिकोप्टर चढेर पुगेका जीव र ट्याक्टरले आधुनिकताको झल्को दिइरहेका छन् ।
हाल तुमकोटदेखि हिल्सासम्म नियमित रुपमा मोटर बाटो सञ्चालनमा रहेको छ । यता लिमी लाप्चा सडक खण्डबाट केर्मीसम्म मोटर आइरहेको छ । यसमा थोरै करिव ६ कि।मि।होस्टेमा हैसे गर्न सके सदरमुकाम सिमकोटमा अन्तर्राष्ट्रिय नाका जोडिनेवाला छ । यस सडकमा चल्ने सवारी साधन धनीहरुले नारा यातायात सेवा गठन गरिसकेका छन् । समितिले तुम्कोटदेखि हिल्सासम्म पुग्दा प्रतिब्यक्ति एक हजार रुपैया र ठुलो मालगाडीको ३८ हजार रुपैयाँ निर्धारण गरेको छ । डिजेल, पेट्रोल विदेश निकासी नगर्ने चिनियाँ नीतिका कारण हुम्लामा चल्ने सवारी साधनले महँगो भाडा लिने गरेका छन् ।
हिल्सा(मुचुसम्म आवत जावत गर्ने विना नम्बरका २१ वटा सवारी साधन छन् । तिनमा पजेरो २, ठुलो ट्रक ५, पिकअप गाडी १० र मिनी ट्रक ४ छन् भने डोजर ६ वटा छन् । सरकारले सिमकोटमा सडक विभागको कार्यालय स्थापना गरेको छ तर तिनलाई नियमन गर्न यातायात विभागको ध्यान भने पुगेको छैन । सुनिएअनुसार हुम्लामा चल्ने एक ट्रयाक्टर मात्र दर्ता भएको छ, त्यो पनि काठमाडौको दर्ता नम्बर लिएर ।
यहाँ हिल्सा पुलको उद्घाटन हुँदै गर्दा कर्नाली लोकमार्गको बारेमा स्मरण गर्नपर्ने हुन्छ । यस सडक सम्बन्धमा तीसको दशकतिर भारतको दवावका कारण चीनले चासो देखाउँदा काम अगाडि बनाउन पाइएको थिएन । त्यस्तै काम कर्नालीभित्र पनि देखियो । कर्नाली लोकमार्गलाई कालिकोटबाट जुम्ला र मुगुतिर मोडियो । अन्तर्राष्ट्रिय महत्वको यस लोकमार्गलाई पुरा गर्न नसक्दा पुरानो शिल्क रोडको कर्नाली शाखा ओझेल परेको थियो ।
खुलालु तथा कवाडीका भीरहरु राष्ट्रिय तत्परताका अघि सामान्य मानिनु पर्ने हो । यसका साथै, हिल्सा–सिमकोट मोटर बाटोलाई जीवनबहादुर शाहीको रोड र लिमी–लाप्चा सडकलाई छक्कबहादुर लामाको रोड भन्ने गर्नु अर्को लाजमर्दो कुरा हो । पदमा हुँदा गर्ने निर्णय र निर्देशन तत्कालीन आवश्यकता बोध गरेर गर्ने गरिन्छ । शाहीले सभापति तथा लामाले शाही कालमा सहायक मन्त्री हुँदा गरेको पहललाई सकारात्मक ठान्न पदछ । त्यो नहुँदा छिटो हुने काम पनि ढिलो भएको अनुभव अहिले हुम्लामा भइरहेको छ ।

बाह्र देउतामा महादेउ, रादेउ, झादेउ, हिल्सा, लसुर, रामपाल, सर्की, मइठो, गुरा, कैलाश, भनी र भैराम हुन् भन्ने गरिएको छ । उनीहरु लडाईबाट फर्कदा हिल्साको नेतृत्वमा बैठक बसेको र यसै बैठकबाट बाह्रदेउले लडाईमा जितेको सामान वितरण गर्दै को, कहाँ रही देवपुरी हुम्लोको रक्षा, विकास र शान्ति कायम गर्ने भनी छलफल गरेका थिए । यसपछि मात्र हुम्लामा मारु संस्कार बसेको हो ।

यहाँ अर्को स्मरणीय कुरा यो छ कि माथिबाट र तलबाट सडक बनाउने पहल गर्दै गर्दा स्थानीय उत्पादन बढाउने र भोलि माल गाडी भित्रिदा ती गाडी रित्ता नफर्कुन् भन्नेतिर अहिल्यै हुम्लाका हरेक ब्यक्ति र वस्तीले सोच्ने र त्यही स्तरमा राज्यले कार्यक्रम दिन सके चीनको सम्पन्नताबाट फाइदा उठाउने दिनहरु आएको आभास भएको छ । यहाँ मान्छेहरुले यो नाकालाई केवल मानसरोवर कैलाश मार्गका रुपमा मात्र हेरेको पाइन्छ । त्यो भन्दा पनि सामाजिकशास्त्र र मानवशास्त्रका हिसावले महत्वपूर्ण कुरा हुम्लाबाट प्राप्त हुनेवाला छ ।
धार्मिक पर्यटनका लागि हिल्सा पनि ऐतिहासिक थलो हो । यसको नामाकरण मारुल्याको समयमा भोटमा लडाई भएको, त्यो लडाईमा बाह्र देउताको नेतृत्व महादेउले गरेको कथा सुन्ने गरिन्छ । बाह्र देउतामा महादेउ, रादेउ, झादेउ, हिल्सा, लसुर, रामपाल, सर्की, मइठो, गुरा, कैलाश, भनी र भैराम हुन् भन्ने गरिएको छ । उनीहरु लडाईबाट फर्कदा हिल्साको नेतृत्वमा बैठक बसेको र यसै बैठकबाट बाह्रदेउले लडाईमा जितेको सामान वितरण गर्दै को, कहाँ रही देवपुरी हुम्लोको रक्षा, विकास र शान्ति कायम गर्ने भनी छलफल गरेका थिए । यसपछि मात्र हुम्लामा मारु संस्कार बसेको हो । प्रायः हिन्दुहरुले मारुलाई मन्दिर र थान भन्दछन् । मारुको विशेष अर्थ रहेको छ ।
यो ऐतिहासिक स्थानमा निर्माण भएको पुलले नेपाल र चीन दुई देश मात्र जोडिएको होइन । नेपालले हालैको नाकाबन्दीमा कस्तो उकुशमुकुश भोग्न परेको थियो, त्यो कुरालाई हेका राख्ने हो भने चीनको स्वशाशित क्षेत्र तिब्बत हुँदै पाकिस्तानको काराकोरम लोकमार्ग उपयोग गर्न सकिन्छ । यसका साथै सिल्क रोडको रुपमा पूर्वी युरोपसम्मको सडक र त्यस्तै समानान्तर रुपमा पश्चिम गईरहेको रुसको रेलमार्गको अवलोकन गर्दा के अनुभूति हुन्छ भने यो पुलले नेपालको पूर्वी युरोपसम्मको पहुँच विस्तार हुने आधार मिलेको छ । यो बाटोमा अर्थ कुटनीतिको आँखा पुग्न सके कर्नालीका हरेक उत्पादनले अन्तर्राष्ट्रिय बजार लिनेछ । यही नै कर्नालीको गरिवी, पछौटेपनको अन्त्य गराउने आधार बन्ने छ । सबैलाई चेतना भया ।  source onlinedabali