२०८१, ६ मंसिर बिहीबार

रेखा थापालाई आमा बन्ने रहर, भन्छिन् ‘बिवाह गर्ने उमेर भयो, अब चाँडै बिवाह गर्छु’

rekha_thapaदाङ, १६ पुस । नायिका तथा राप्रपाकी नवप्रवेशी रेखा थापाले आफुलाई पनि सन्तानको रहर लागेको बताएकी छिन् । दाङको घोराहीमा शनिबार भएको पत्रकार भेटघाटमा बोल्दै रेखाले अब बिवाह गर्ने समय भएकाले मिल्यो भने केही वर्षमै बैवाहिक जीवनमा बाँधिने बताएकी थिइन् । उनले थपिन् ‘जो पनि महिलालाई आमा बन्न रहर हुन्छ यो स्वभाविक हो ।
त्यस्तै फिल्ममा मात्रै नायिका भएकी रेखाले अब राजनीतिक नायिका बन्ने बताएकी छिन् । ‘म फिल्मको नायिका थिएँ अब राजनीतिको पनि नायिका बन्दैछु । साथै उनले नीतिनिर्माणको भूमिका खेल्न राजनीतिमा आएको बताईन् ।
महिलाहरुले गर्ने गरेका कानुनी र नीतिगत प्रश्नले आफूलाई आफुलाई राजनीतिमा होमिनु परेको नायिका थापाले बताइन् । चलचित्र मार्फत नायिका बनेर महिलाका मुद्दाहरु उठाउन नसकिने भन्दै उनले राजनीतिक नायिका बन्ने उद्घोष गरिन् ।’

source khabardabali