२०८१, २३ बैशाख आईतवार

जनज्योतीमा सिटिभिटिका उपाध्यक्षद्वारा निरीक्षण

nannnnnnnसुर्खेत । सिटिभिटिबाट सम्बन्धन प्राप्त गरी विभिन्न प्राविधिक कार्यक्रमहरु सञ्चालन गरिरहेको पश्चिम सुर्खेतको कुनाथरीमा रहेको जन ज्योती माध्यामिक विद्यालयको निरीक्षण गरिएको छ ।

सामबार सिटिभिटीका उपाध्यक्ष कुलबहादुर बस्नेतले विद्यालयका कार्यक्रमहरु र विद्यायका गतिविधिहरुको निरीक्षण गरेकाहुन् । उपाध्यक्ष बस्नेतले विद्यालय प्रशासन, शिक्षकहरु, विद्यालय व्यवस्थापन समिति, अभिभावकहरु र विद्यार्थीहरुसंग पनि छलफल तथा अन्तरक्रिया गरेका थिए । प्राविधिक धारको शिक्षा नेपालको आवश्यकता भएको भन्दै यसलाई व्यवस्थित रुपमा संचालन गर्न उपाध्यक्ष बस्नेतले निर्देशन तथा सल्लाहा सुझाव दिएका थिए ।

विद्यालयका गतिविधिहरु सन्तोषजनक भएको भन्दै आगामी दिनमा अझ उत्कृष्ट क्रियाकलापहरु संचालन गर्न उपाध्यक्ष बस्नेतले सुझाव दिएको विद्यालयका प्राध्यानाध्यापक नारायण सिग्देलले जानकारी दिए । आफूहरुका अभिभावक आफ्नै विद्यालयमा आएर निरीक्षण गर्दा आफूहरुलाई अझ उत्साहित बनाएको प्राध्यानाध्यापक सिग्देलले बताए ।

‘‘हाम्रा अभिभावक, आफ्नै विद्यालयको ागमा पाउनदा हामी आभारी भएका छांै,’ उनले भने–‘विद्यार्थी, अभियभावक, शिक्षक, विद्यालय व्यवस्थापन समितिसंग छलफल र निर्देशनले हामीलाई उत्साहित बनाएको छ ।’’

सम्बन्धित समाचार