२०८१, २३ बैशाख आईतवार

ठुलीदिदीहरुले देखाइदिए शिक्षाको बाटो

allसुर्खेत । मात्रै १४ वर्षकी फुच्चि केटी । कक्षा ७ मा पढ्थिन । चनचले उमेर, उनले बाटो बिराईन । १४ वर्षकै उमेरमा पढाई छोडेर विवाह गरिन । विवाह गरेपछि उनी घरकै दैलोकुचोमा सिमित भईन । विद्यालय जान छोडिन ।

६ महिना पछि उनलाई ठुलीदिदीहरु (बहिनी शिक्षाका लागि दिदी कार्यक्रमका आवद्ध दिदीहरु) ले भेटे । पूर्णिमा वि.क. विद्यालय नजानुको सबै कारण पत्ता लगाए । सम्झाए, बुझाए । अन्ततः ठुलिदिदीहरुले पूर्णिमाले बिराएको शिक्षाको बाटो देखाइदिए ।

दशरतपुर गाविसको गमखोलमा रहेको जनक माध्यामिक विद्यालयमा ६ महिना पछि पुनः पूर्णिमाले पढ्न सुरु गरिन् । उनी अहिले कक्षा ९ मा सोही विद्यालयमा अध्ययन गरिरहेकीछन् । ठुलीदिदीले आफूले बिराएको शिक्षाको बाटो देखाइदिएको भन्दै पूर्णिमाले अब पढेर आत्मनिर्भर बन्ने अठोटसमेत संगालेको बताइन ।

‘‘म १४ वर्ष हुँदा ७ कक्षामा पढ्थे, चनचले उमेर, सम्झाउने कोही भएन, विवाह गरे, विहे गरेपछि पढाई पनि छोडे’ पूर्णिमाले भनिन–‘६ महिना पछि ठुलिदिदीहरुले भेटेर विद्यालय जानु पर्छ भनेर सम्झाउनुभयो, अनी विद्यालय गए, अहिले त ९ कक्षामा अध्ययन गरिरहेकी छु ।

उनले ठुली दिदीहरुको सल्लाहअनुसार आफूले माइतीमा बसेर पढेको बताइन । पूर्णिमाको श्रीमानसंग पनि राम्रै सम्बन्ध छ । उनीहरु आ–आफ्नो घरमा बसेका छन् । पढेर पछि उमेर पुगेपछि संगै बस्ने पूर्णिमाले बताइन । ‘‘म अहिले माइतमा बसेर पढिरहेकी छु’ उनले भनिन्–‘ठुली दिदीहरुको सल्लाहअनुसार माइतमै बसेर पढिरेहेको छु, पछि पढेर हामी दुबै जना (श्रीमानश्रीमति ) संगै बस्छौं, सम्बन्ध राम्रै छ ।’’

ठुलिदिदीहरुले देखाइदिएको शिक्षाको बाटो नबिर्सने भन्दै उनले पढाईलाई निरन्तरता दिएको बताइन । अहिले पूर्णिमा विभन्नि अतिरिक्त क्रियाकलापहरुमा पनि उत्कृष्ट हुने गर्छिन ।

यहाँको करेखोलाकी लक्ष्मी बाठा मगरको पारिवारिक समस्या थियो । पढ्ने वातावरण पनि भएन । उनील पनि १६ वर्षको कलिलो उमेरमै विवाह गरिन । विहे गरेपछि सुरुमा उनलाई घरव्यवहारमै लाग्नु पर्छ भन्ने सोच आयो । तर पछि त्यही बहिनी शिक्षाका लागि दिदी कार्यक्रममा आवद्ध भएपछि उनले पढ्न थालिन ।

युके एडको सहयोगमा ग्लोबल एक्सन नेपालले सुर्खेतमा संचालन गरेको ‘बैनी शिक्षाका लागि दिदी कार्यक्रमले यसरी नै बिचैमा विभिन्न कारणले पढ्न छोडेका बालिकाहरुलाई पुनः बिद्यालय फर्काएको छ । कार्यक्रममा ठुलिदिदीको भूमिकामा रहेका छात्राहरुले पढाई छोडेका साना बहिनीहरुको पढाई छोड्नुको कारण पत्ता लगाएर पढ्न प्रेरित गर्ने गर्नुका साथै पढ्न सक्ने वातावरण सिर्जना गरेका छन् ।

सुर्खेतको हरिहरपुर, रानिघाटकि लक्ष्मी वि.क.को पढाइमा रुची हुँदाहुँदै पारिवारिक वातावरणले पढ्न छोडिन । घरको आथिएक अवस्थाले उनले पढ्न सकिनन् । अब पढ्न सक्दिन भनेर माया नै मारिन । तर यो कार्यक्रम आएपछि उनको पनि पढ्ने धोको पुरा भएको छ । अहिले ९ कक्षामा अध्ययन गरिरहेकी लक्ष्मी पढाइमा पनि उत्कृष्ट छन । उनले अहिले आफूलाई जस्तो अवस्था आइपरेपनि पढ्नुपर्ने रैछ भन्ने भावना आफूमा आएको बताइन । ‘‘घरको अवस्थाले नभ्याएपछि मैले पढ्न छोडे,’ उनले भनिन्–‘‘पछि यो कार्यक्रममा आवद्ध भएपछि जस्तो अवस्थामा पनि पढ्नुपर्दाेरैछ भन्ने लाग्यो, अहिले राम्रै पढिरहेकि छु ।’’

दशरथपुरकि पुनम पुन पनि अब पढ्न सक्दिन भन्ने लागेको थियो । घरमा अभिभावक पनि थिएनन् । एक्लै कसरी खर्च टार्ने उनलाई समस्या थियो । बुवाममिविना केही गर्न सक्दिन भन्ने लागेको थियो । तर ठुलीदिदीहरुले तिमिले पनि अरुले जस्तै गर्न सक्छौ भनेर पढ्न सुझाव दिए । पछि उनले ः जीवनज्योती मावी दशरथपुरमै पढिन । अहिले अतिरिक्त क्रियाकलापमा समेत उनी अग्र पंतिमा आउछिन । सामाजिक कुरिति र कुसंस्कार हटाउन पनि उनी लागिरहेकिछन ।

यो कार्यक्रमले विद्यालयलाई समेत सहज बनाइदिएको छ । पोखराभञ्ज्याङमा रहेको निम्न माध्यामिक विद्यालयका कि शिक्षिका रीता पौडेलले कार्यक्रम सुरु भएपछि छात्राहरुको समस्याहरु समाधान भएको बताइन । उनले विद्यालयमा छात्राहरु निरन्तर उपस्थित हुने गरेको बताइन । शिक्षिका पौडेलले विवाह गरेका छात्राहरु पनि निरन्तर विद्यालय आएर पढ्ने गरेको बताइन । ‘‘यो कार्यक्रमले बहिनीहरुलाई धेरै फाइदा गरेको छ,’ उनले भनिन्–‘ विवाह भएका बहिनीहरु पनि निरन्तर विद्यालयमा आउने गरेका छन् ।’’

दशरथपुरकि सुस्मिता वि.कलाई एसएलसीमा गणित विषय लाग्यो । विषय लागेपछि उनलाई अब पढ्न सक्दिन जस्तो लाग्यो । त्यसमा पनि आफू दलित भएकोले उनलाई केही गर्न सक्दिन सबै साथीहरु अगाडि गइसके जस्तो महसुस हुन्थ्यो । उनलाई ‘बैनि शिक्षाका लागि दिदी’ कार्यक्रमको आफै ठुलीदिदी हुने अवसर मिल्यो । त्यपछि उनले कहिल्यै आफूलाई कम्जोर महसुस गर्नुपरेन । उनको आत्मविश्वास बढ्यो । प्रवेशिकामा गणित विषयमा असफल भएकी उनले उत्तीर्ण गरिन । त्यसपछि अंग्रजी मेजर लिएर अध्ययन गरिन । अहिले उनी एउटा बोर्डिङमा अध्यापन गर्ने गरेकिछन ।

अहिले आफू शिक्षामा सफल भएको उनले बताइन । ‘‘गढिात लागेपछि म पढ्नै सक्दिन जस्तो लाग्थ्यो,’ उनले भनिन्–‘आफै ठुली दिदी बन्ने अबसर मिलेपछि त म कहिल्यै असफल भइन, अहिले विवाह गरेका छात्राहरुलाई पनि विद्यालयमा ल्याउने काम गरेका छौं ।’’

कार्यक्रम अन्तर्गत गुमीमा अन्टिको भूमिकामा रहेकी सरिता श्रीसमगरले गाउँमा एक जना बहिनी पैसा नहुँदा पढ्नै नआउने गरेको थाहापाएपछि विद्यालयमा निशुल्क पढ्ने वातावरण बनाएको बताइन । यो कार्यक्रमबाट उल्लेखित छात्राहरु बाहेर दर्जनौ छात्राहरुको पढाईमा पुनरागमनभ एको छ । छात्राहरुले आफै केही गछौं भन्ने दृढता व्यक्त गर्ने गरेका छन । कतिले आफ्नो पेसासमेत अंगालेका छन् ।

ग्लोवल एक्सन नेपालको सोही कार्यक्रमले आयोजना गरेको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा वालिका शिक्षा एक अवसर विषयक परिसंवाद कार्यक्रममा सहभागी सरोकारवालाहरुले बालिका शिक्षाका लागि बहिनी शिक्षाका लागि दिदी कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए । यो कार्यक्रम सकिएपनि समुदायले यसलाई निरन्तरता दिनुपर्ने सरोकारवालाहरुले सुझाव दिएका थिए ।

परिसंवाद कार्यक्रमको पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चण भारतीले सहजिकरण भएका थिए । जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रम ‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ सुर्खेत जिल्लाका संयोजक यादव भुषाल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार