२०८१, ५ जेष्ठ शनिबार

कर्णालीएक्सपो २०७३,सदस्यलाई भीआइपीपास, स्टलबुकिंगमा२० प्रतिशतछुट

भलिवल र लोकनृत्य प्रतियोगितापनि

new_advt-6x10-ccसुर्खेत । यहिमंसिर २३ देखि पुस ३ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमाहुने कर्णालीएक्सपो अन्तर्राष्टियव्यापार मेलाअवलोकनका लागि सुर्खेत उद्योग वाणिज्य संघले आप्mना सदस्यहरुलाई भीआइपीपास दिने भएको छ ।

संघको सदस्यतालिएर नियमित नविकरणगरि रहेका सदस्यहरुलाई ३ सय रुपैयाँमा १० दिनसम्मका लागि फोटो सहितको भीआइपी पासको व्यवस्था मिलाउन लागिएको हो । मेला हेर्न चाहने सदस्यले दैनिक ५० रुपैयाँ तिर्नुपर्दा मर्का पर्ने भएकाले सदस्यहरुको सुविधाकालागि सस्तो शुलभ र सहुलियत दरमाफोटोसहितको पास उपलब्ध गराइने महासचिव गोपालकृष्ण गिरीले जानकारी दिनुभयो ।

३ सय रुपैया तिरेर भीआइपी पास लिनेलाई महोत्सव स्थलमा सहज आवतजावत गर्नका लागि अलगै गेट बनाइने बताइएको छ । विद्यार्थीका लागि सहुलियतमा ४० र अरुलाई ५० रुपैयाँ टिकट दर तोकिएको छ भने लाइन बस्न नचाहनेका लागि अलग्गै गेटबाट आउने जाने व्यवस्था सहित १ सय रुपैयाँको एक्सप्रेस टिकटको व्यवस्था पनि गरिएको छ । १ सय रुपैयाँको टिकट लिन चाहनेका लागि अलगै काउण्टर बनाइनुका साथै सहज रुपमा भित्रजाने र बाहिरिने व्यवस्था मिलाइन महासचिव गिरीले बताउनुभयो ।

चौथो पटक मेला आयोजना गर्न लागेको संघले स्टल लिनचाहने आप्mना सदस्यलाई २० प्रतिशत छुट दिने घोषणायसअघि नै गरिसकेको छ । सम्बन्धित वस्तुगत समितिको सिफारिशसहित स्टलबुकिंगगर्न आएमाथप ५ प्रतिशत गरी २५ छुटदिने निर्णय भइसकेको महासचिवगिरीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार