२०८१, १९ बैशाख बुधबार

अखिल नेपाल महिला संघ क्रान्तिकारी सुर्खेतको संयोजकमा रुपा भण्डारी चयन

सुर्खेत । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ ९क्रन्तिकारी० सुर्खेत जिल्लाको संयोजकमा रुपा भण्डारी चयन भएकी छन् । भण्डारी यसअघि यही संगठनको जिल्ला सचिव हुन् ।

शुक्रवार भएको प्रथम जिल्ला भेलाबाट भण्डारी चयन भएकी हुन् । यस्तै डिलसरा थापा सहसंयोजक, सुजता कँडेल सचिवसहित ४१ सदस्यीय कमिटी चयन गरिएको छ ।