२०८१, ९ जेष्ठ बुधबार

सुर्खेतमा चैत्र पहिलो सातामा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०८० को आयोजना हुने ( बिज्ञप्ति सहित )

सुर्खेत , कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा औपचारिक शुभारम्भ कार्यक्रम चैत्रको पहिलो सातामा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० ’को आयोजना हुने भएको छ । कर्णालीको कथा, जीवनशैली, भेषभूषा, कला, संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले ‘कर्णाली अन्तर्राष्ट्रिय सिनेमा महोत्सव २०८०’ आयोजना गर्न लागिएको घुमौं कर्णाली हेरौँ कर्णाली चलचित्र  महोत्सवका निर्देशक चक्र बहादुर चन्दले विज्ञप्ति जारी गरेका छन् ।

प्रेस विज्ञप्तिअनुसार महोत्सवका निर्देशक चक्रबहादुर चन्दले आगामी चैत्रको पहिलो साता ४, ५ र ६ गते हुने महोत्सवले स्थानीय कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने र प्रदेशलाई चिनाउने र छायाङ्कनको गन्तव्य बनाउने  उद्देश्य रहेको बताए । चलचित्रको माध्यमले पर्यटनलाई प्रवर्द्धन गर्नु जरुरी देखेर महोत्सव गर्न लागेका हौँ”,  नेपालको कर्णाली प्रदेश चलचित्र र पर्यटनसँग सम्बन्धित गतिविधिका प्रचुर सम्भावना हुँदाहुँदै पनि यी क्षेत्रलाई निकै पछाडि पारिएको छ। पर्यटन विकास चलचित्रसँग सम्बन्धित गतिविधिहरू प्राय शून्य नै छन्। कर्णालीका अनगिन्ती कथा, जीवनशैली, भाषा, भेषभूषा, कला, संस्कृति, साहित्य, रीतिरिवाजलाई संरक्षण र प्रवर्द्धनका लागि राज्यको भूमिका राम्रो हुन नसकेको स्थितिलाई मध्यनजर गर्दै जनजनमा , मनमनमा चलचित्र भन्ने अभियानका साथ गन्तव्य कर्णाली अभियानको थालनी गर्नुपर्ने आवश्यकता महसुस गरी उत्र महोत्सवको आयोजना गर्ने लक्ष्य लिएका छौँ , कर्णालीमा भएका सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याइने यो महोत्सव कोसेढुङ्गा साबित हुने विश्वास लिइएको छ। राज्यका निकायसँग हातेमालो गर्दै यो महोत्सवलाई परिणाममुखी बनाइने र  कर्णालीका पर्यटकीय स्थल, धार्मिक स्थल, चलचित्रमा छायाङ्कन कला, रीतिरिवाज, भेषभूषा, परम्परा र भाषासंस्कृतिलाई देशविदेशमा धेरैभन्दा धेरै फिल्म निर्माता, निर्देशक सम्बन्धित व्यक्ति सङ्घसंस्थामा पुर्याउने गरी यसको प्रचारप्रसार गर्ने पनि महोत्सवको प्रमुख उद्देश्य  रहेको उनले बताए।

यस क्षेत्रबाट भएका  चलचित्रसँग सम्बन्धित विषय क्षेत्रलाई प्रोत्साहित गर्न यो महोत्सवको महत्वपूर्ण योगदान र सरकारको नेपाल घुमी नेपाल चिन्नको लागि यो  अभियानमा कर्णालीमा फिल्म निर्माताहरूलाई भित्र्याउने र कर्णालीको अभियानलाई सफल बनाउन चलचित्र निर्माण र चलचित्र पर्यटन मार्फत  देशको अर्थतन्त्रमा समेत योगदान दिने बताए ।

कर्णालीमा पहिलो पटक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवः आयोजना हुने भएकोले यस महोत्सव कार्यक्रमलाई सफल पार्न विशेष गरी कर्णाली प्रदेश सरकार, राज्यका  सम्बन्धित निकाय, व्यापारिक संस्था आम नागरिक संचारकर्मीवाट सहयोग प्राप्त हुने आशा लिएका छौ।  सूचना तथा प्रविधिको विकासमा  कर्णालीलाई चलचित्र पर्यटन तथा चलचित्र छायाङ्कन हब बनाउन यस क्षेत्रका सम्भावित  खोज अनुसन्धान तथा प्रचारप्रसार गरी देशविदेशमा यसको पहुँच पुर्याई यस क्षेत्रमा धेरैभन्दा धेरै चलचित्र छायाङ्कन गर्न आउने स्थिति निर्माण गर्न यो महोत्सवले ठूलो योगदान दाबी समेत गरेका छन्।

लक्ष्यहरू निम्नलिखित रहेका छन् । कर्णालीमा चलचित्र छायांकन लागी सम्भावनाको ढोका खोल्ने महोत्सवको मुख्य लक्ष्य रहेको छ ।

१ कर्णाली प्रदेशमा पर्यटन प्रबर्द्धन गर्न चलचित्र छायाँङ्कनको लागी आर्कषण बढाउने ।

२ कर्णालीका अनगिन्ती कथा, जीवनशैली, भाषा, भेषभुषा, कला, संस्कृति, साहित्य र रीतिरिवाजलाई प्रवर्द्धन गर्ने।

३ चलचित्रको माध्यमबाट सामाजिक, आर्थिक, शैक्षिक तथा चेतना स्तरमा वृद्धि गर्ने ।

४ पर्यटन तथा चलचित्र मार्फत स्थानीय रोजगारी, आयआर्जन र करको दायरामा वृद्धि गर्ने ।
५ कर्णालीलाई चलचित्र पर्यटन मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पर्यटन प्रबर्द्धन गर्ने ।

सुर्खेतमा चैत्र पहिलो सातामा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०८० को आयोजना हुने ( बिज्ञप्ति सहित )

सम्बन्धित समाचार