२०८१, १९ बैशाख बुधबार

सुर्खेतमा एमालेको आ-आफ्नो निर्णयले विवाद हुँदा अधिवेशन चटारोमा

 

एमालेको विवाद हुँदा सुर्खेतमा जिल्ला अधिवेशन स्थगित हुने भएको छ् । जिल्ला कमिटी बैठकबाट निर्णय गरेर तोकिएको अधिवेशन अध्यक्षले एकलौटी रूपमा स्थगितको घोषणा गरेपछि विवाद निम्तिएको हो ।।

गत पुस २१ गते अध्यक्ष अमृतबहादुर बिसीको अध्यक्षतामा बसेको बैठकले नवौं जिल्ला अधिवेशन फागुन ४, ५ र ६ गते गर्ने निर्णय गरेको थियो । त्यसको करिब महिनादिनपछि अध्यक्ष बिसीले नै एक विज्ञत्ति जारी गरेर उक्त समयमा अधिवेशन गर्न नसकिने जनाएका छन् ।

विज्ञप्तिअनुसार अध्यक्ष बिसी विगतदेखि नै असन्तुष्ट रहेको देखिन्छ । उनले संगठनभित्रैबाट सहयोग पाउन नसकेको गुनासो गरेका छन् भने पार्टी सञ्चालनमा अनेक बाधा उत्पन्न भएको जिकिर गरेका छन् । अर्को निर्णय नहुँदासम्मका लागि अधिवेशन स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

हामीले नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको अध्यक्षको हैसियतले सुर्खेत जिल्लाको नयी जिल्ला अधिवेशन स्थगितको विज्ञप्ति मिति २०८० माघ १७ गते राज्यको चौथो अंग पत्रकार सम्मेलन माफर्त घोषणा गरि पछिल्लो विकसित घटनाको सन्दर्भमा माथिल्लो कमिटी तथा मातहत तहमा जानकारी र निर्देशन गरि सकेको अध्यक्ष बिसीले बिज्ञप्ति मार्फत जनाएका छन्।

पार्टीको वैधानिक व्यवस्था अनुसार पार्टी हितका निमित्त अध्यक्षले गर्ने कार्य विधान विपरित र एकल नहुने ब्यहोरा समेत जानकारी गर्दछु ।

अध्यक्षको सहमति र उपस्थिति विना विधान विपरित उपाध्यक्षको अध्यक्षमा बैठक बस्ने पार्टीको विधानमा व्यवस्था नभएको हुदाँ बैठक बसाल्न र नबस्न सम्पुर्ण पार्टी पदाधिकारी सदस्यहरुलाइ जानकारी गर्दछु

यस अधि स्थगित अधिवेशन पार्टीको अर्को बैठक बसी निर्णय नगरिदा सम्म अधिवेशनसंग सम्बन्धित कुनै पनि गतिविधि नगर्न नगराउन पार्टी पदाधिकारीहरु तथा मातहत कमिटीहरुलाइ यसै पत्र मार्फत पुनः निर्देशित गरिन्छ ।

२०८० माघ १८ गते पार्टीका उपाध्यक्षको अध्यक्षतामा आकस्मिक सचिवालयको बैठक गरि गरिएका निर्णय विधान विपरित भएकोले कसैको भ्रममा नपर्न सम्बन्धित सबैमा बिज्ञप्ति मार्फत जानकारी गराएका छन्।

 

नेकपा एमाले सुर्खेत जिल्ला उपाध्यक्ष कुलमणी देवकोटाको अध्यक्षतमा माघ १९ गते पुुन बैठक बसी निर्णय गरेको छ।

अध्यक्ष्य अमृतबहादुर बिसिको अध्यक्षतामा जिल्ला कमिटीको पूर्ण बैठक बसी सर्बसहमत रूपमा अध्यक्षकै प्रस्तावमा २०८० फागुन ४,५२ ६ गते वीरेन्द्रनगर सुर्खेतमा पार्टीको नवौं जिल्ला अधिबेशन आयोजना गर्ने निर्णय भएको थियो। अधिबेशन स्थगित सम्बन्धि २०८० माघ १७ गते ब्यक्तिगत तथा अप्रत्याशित रूपमा बिज्ञप्ति जारी गर्नुभएको हुनाले उक्त निर्णय फिर्ता लिइ जिल्ला अधिबेशन तोकिएकै समयमा सम्पन्न गर्ने कार्यमा जुट्न यो बैठक अध्यक्ष बिसिलाई अनुरोध गरिएको छ्।
सामाजिक संजालमा आएका कुनैपनि व्यक्तिगत तथा कसैको निजि स्वार्थमा आधारित विषय वा भ्रममा नपरी पार्टी जिल्ला कमिटीले २०८० फागुन ४, ५ र ६ गते आयोजना हुने नवौं जिल्ला अधिबेशन सफलतापुर्बक सम्पन्न गर्ने अभियानमा जुट्न निर्देशन गरेको छ् ।