तालीवान समुहद्वारा सुर्खेतका ग्रसित घरपरिवार सुरक्षाको माग गर्दै
तालीवान समुहबाट सुर्खेतका डाँगी र परिवारलाई धम्की तालीवानी समुहले सुर्खेत भेरिगंगाका एकजना युवालाई निरन्तर धम्की दिएपछि सुरक्षा थ्रेट बढेको छ ।
भेरिंगगा नगरपालीका १२ का मनिराम डागी र उनका परिवालाई तालीवानी अतिबादी समुहबाट निरन्तर धम्की आईरहेको बताएका छन् । उनि गएको ११ बर्षदेखी अफगानिस्तान स्थित एम बि सी सुरक्षा गार्डमा कार्यरत थिए । त्यहाको विद्रोहि समुहले राज्यमाथी नियमित आक्रमण गरिरहेको थियो । सोहि क्रममा उनि तालिवानीको नियन्त्रणमा थिए । आक्रमण नियमीत भएपछि बेलायति सरकार अन्तर्गतको व्रिटिस सेनाले त्यहाका सुरक्षा गार्डहरुलाई बेलाएतकै हेलिकप्टरमा उद्धार गरेर बेलायत लिएको थियो ।
सो क्रममा डागिको सम्पुर्ण कागजात र परिचयपत्रहरु अफगानीस्तानमै तालिवानी समुहले नियन्त्रणमा लिएका थिए । सोहि प्रमाणका आधारमा बेलाएतमा रहेका डागि र भेरिगंगा स्थीत आफन्तहरुलाई नियमीत धम्की आईरहेको छ । नबुझीने भाषामा ब्लक कलबाट कुनै नचिनेको नम्बरबाट के के धम्कीहरु आईरहेका छन्, उनकी श्रीमतिले भनिन उहा नेपालमा सुरक्षा छैन भनेर फर्कनुभएको छैन, हामी यहि भएका पनि कता जाने त्रासमा बाच्नु परेको छ । आफ्नो परिवारको सुरक्षा गर्दीन पनि डागिले नेपालसरकार संग अपिल गरेका छन् ।
डागि विगत २०२० देखि २०२१ सम्म अफगानिस्थान स्थति एम वि सी को को सुरक्षा गाडमा कार्यरत थिए । तालीवानमा बिद्रोहीहरुको आक्रमण २००२१ सेप्टेम्बर १४ बाट सुरु भएको हो ।