२०८१, ६ मंसिर बिहीबार

हामिलाई अछुत बनाएको समाजले कसरी माथी उठ्न दिन्थ्यो ?

 

सुशील परियार
बंगलाचुलि (६ बचेनी दाङ
दलित परिवारको छोरा भएर जन्मिएकै कारण थुप्रै भेदभाव र अवहेलना भोगेको छु।मेरो ज्ञान,सीप भनेको हाम्रो पुर्खाले गर्दै आएको काम कपडा सिलाई दिने अनि कपडा सिलाई दिए बापत हामी लाई बाली दिने चलन थियो। पढ्न र लेख्न पनि एकदमै कमै संख्यामा हुने किन कि हामी संग या हाम्रो परिवारसंग पढ्नु पर्छ भन्ने चेतना थिएन।समाजले हामिलाई अछुत बनाएको थियो।माथी उठ्ने संभावना र अवसरनै कसरी रहोस्रु

पढ्न पाएको भए मात्र पनि हाम्रो परिवारमा ज्ञान,सीप लाई प्रविधि संग जोडेर अझै सम्पन्न गराउन सकिन्छ भन्ने उ बेला सल्लाह सुझाव दिने कोहि थिएन। बरु मनोबल गिराई दिने तिमिहरु सानो जाती अछुत हौँ भनेर सम्झाई दिने धेरै थिए। आखिर जति पढे पनि हाम्रो फाटेका कपडा सिलाएर खाने त हौ भनेर भन्ने गरिन्थ्यो। जुन घरमा हाम्रो बुवाले कपडा सिलाउनु हुन्थ्यो त्यो घरकाले मेरो दमाई भन्ने गर्थे। हसिया,कुदालो बनाउने लाई मेरो कामी हो भन्ने चलन थियो।आफुले कपडा सिलाई दिएको हसिया बनाएको बापत पाउनु पर्ने बाली कहिले भनेको समयमा दिदैन्थे । भन्ने गर्थे हामिले भाडा चलाएका छैनौं। आज बिहीबार हो। आज नदिने बार हो। कुल लाई चढाएका छैनौं जस्ता कुरा भन्ने र खाली हात फर्काउने गर्थे।

सिजन भरी काम गरेर बाली लिन जाँदा सारै सानो चित्त गराएर फर्कने गर्थ्यौँ।हाम्रो परिवाले वा समुदायले गरेको कामको कहिले कदर भएको महसुस भएन। जहिले यो भएन उ भएन भन्ने गरिन्थ्यो।हामिलाई सानो जाती भएकाले जहिले छोइन्छ कि भनेर संयमीत र त्रसित हुनु पर्छ भन्ने मानसिकता थियो।ठुला जाती भनिनेहरु सामु हामी जि हजुर हुन्छ भनेर निहुरिनु पर्थ्यो।

कहिलेकाहि लाग्थ्यो के म र उनिहरु मा के फरक छरु बाल अवस्था देखिनै चरम जातिय भेदभाव देखेर जन्मजातै केही कमजोरी छौँ होला र त यतिसम्म हामी लाई अपमान वा घिनाहा गर्छन् भन्ने लाग्थ्यो।साह्रै दुस्ख लाग्ने गर्थ्यो तर पनि के पो गर्न सकिन्थ्यो ररु हामी पनि दमाई भएको कारण वा सिलाउने भएको कारण होला खान पाएको छौं । उनिहरुले दिएर भन्ने सोचेर पनि चुपचाप लाग्ने गर्थ्यौँ।

खुलेर सवाल जवाज गर्ने परिस्थिति पनि थिएन।तर सदियौँ देखि सामाजिक विभेद र घृणा सहदै चुपचाप बस्दै आउँनु भएका हाम्रा बुवा आमा बाजे बोईले स्कुल जानू पर्छ भनेर सम्झाउनु हुन्थ्यो। तर स्कुलमा पनि हामी लाई हाम्रो घरमा सिलाउने दमाईको छोरा भनेर भन्ने गरिन्थ्यो। निकै कठिनाइका साथ स्कुल समय बिताउने गर्दथ्यौँ। स्कुलमा पनि ब्यवहार त केही साथीहरू देखाउने गर्थे ।भेदभावका अनि हामिहरु दलित(दलित बिच पनि छुवाछूत न थियो। हाम्रो बिच पनि एकता थिएन कामिले दमाई लाई जातीय भेदभाव गर्ने र अन्य जातले पनि त्यसरी नै ब्यवहार गर्ने हुन्थ्यो।खाना छुट्टाउने बस्न छुट्याउने र हिड्न पनि छुट्याउने गरिन्थ्यो।

यस प्रवृत्तिको विरुद्ध बोलेमा वा माथिल्ला जातिका सामाग्री छोएको खण्डमा दण्ड सजाय हुने गर्थो। त्यस कारण कोहि कसै बिरोध बोल्ने आट गर्ने हिम्मत गर्दैन थिए ।जुन तत्कालीन माओवादी दस वर्षे जनयुद्ध भयो। त्यस पश्चात निकै ठूलो आधी हुरी ल्यायो जातीय भेदभावमा अनि मात्र सहज भएको थियो। अहिले फेरि उस्तै ब्यवहार गर्न लागेको महसुस भएको छ। तर आज भोलि आधुनिकीकरण गरिएको छ। जातीय भेदभाव लाई नयाँ ढङ्गबाट जातीय भेदभाव हुँदै छ।

घुमाउरो तरिकाले वा अप्रत्यक्ष रूपमा जातीय भेदभाव गर्नेको जमात बुद्धिजीवी, पढेका शिक्षित हरुनै यस्ता कुरामा लागेको पाईन्छ।अहिले दलित जनजाति सम्म सबै कुरा भ्रम रहेछ। भन्ने विषयमा प्रष्ट भएका छ्न। तर कथित उपल्लो जात भन्ने हरुले पनि प्रष्ट नभएका होइनन् तर उनिहरुको मानसिकता के छ भने हामी बराबर हुनु हुन्न भन्ने मानसिकता बोकेका छ्न। यस्तै भगेको म मेरो घर दाङ जिल्लाको पहाडी भेगको बचेनीमा पर्छ। यो ठाउँ अति सुन्दर छ। तर यो सुन्दर ठाउँमा निकै असुन्दर सब्द पिडा भोगेको छु।

घर बाट स्कुलसम्म र घर देखि समाज सम्म धेरै कठिनाइ हरु भोग्नु परेको छ। कठिनाइ त हरेक मानिसले भोगेकै हुन्छ। तर हामी दलित त्यो पनि दमाईहरुको छुट्टै खाल्को पिडा र अपमान भोगेको छु। अहिले पनि त्यो जिन्दगी भन्दा केही प्रतिशत परिवर्तन भए पनि जीवन जिउन उतिकै गाह्रो छ। हाम्रो समुदायलाई अहिले पनि दमन र घृनाको भाव देखिन्छ।शब्दमा उच्चारण गर्न नसकेको मात्र हो। उनिहरुको अहिले पनि ब्यवहार रहनसहन् पुरानै किसिमको पाईन्छ। मेरो घर परिवारले भोगेको वा मैले भोगेको अपमान पीडा छुट्टै छ किन कि हामी दमाई एक घर मात्रै बाकी सबै कथित उपल्लो जातका थिए।त्यस कारण एउटा परिवार मात्र जहिले पिढिमा बसेको हुन्थ्यो ।

गाउँमा कुनै भोज भतेर हुँदा हामिलाई तल्लो पाटामा राखेर खान दिन्थे र त्यसरी तल्लो पाटामा बसेर खाएको पुस्ता हुँ म। पानी भर्दा छोइन्छ भनेर सबै भन्दा पछि बसेर पानी भरेको छु मैले। सक्रान्तीको भाग लिन गएर एक माना चामल र दुईवटा मासुको लरा टपरीमा राखेर बाहिर पिढिमा बसेर थापेको अनुभव म सँग छ। हाम्रो पुस्ता अझै ओझेलमा छ्न्।कुनै पदमा बस्न वा राख्न गाह्रो मान्छ्न्।अहिले संविधानले व्यवस्था गरेको कोटा पनि उ बेला बाली दिएको जस्तो गरेर दिएको छ्न्। तिहार को भाग दिएको जसरी कोटा छ्ट्याएका छन्।हामी र हाम्रो समुदायलाई अझैपनि राज्यले न्याय दिन सकिरहेको छैन।