वीरेन्द्रनगरको समझीघाटमा दाहसंस्कार गर्न मलामीहरुलाई होमपाइपको व्यवस्था
सुर्खेत। वीरेन्द्रनगर ११ स्थित समझीघाट वीरेन्द्रनगरवासीका लागि दाहसंस्कारको लागी सुर्खेतकै महत्वपूर्ण तिर्थ स्थलका रुपमा परिचित रहेको छ ।
उक्त समस्यालाई समाधान गर्न समाजसेवी विष्णु खड्काले बुधबार मलामीलाई सहज हुनेगरी होमपाइपको व्यवस्था गरेका छन् । यहाँ दाहसंस्कार गर्न गएका मलामीहरुलाई होमपाइपकै अभावका कारण खोला तर्न समस्या हुने गरेको थियो । जहाँ हरेक दिनजसो प्रदेश सरकारका मन्त्रीदेखि सांसद र स्थानीय सरकारका जनप्रतिनिधिसम्म जाने गरेका थिए ।
समासेवी खड्काले सडक डिभिजन कार्यालय सुर्खेतसँग समन्वय गरेर खोलामा होमपाइप हालेका हुन् । होमपाइप हालेपपछि मलामीहरुलाई आवजतजावतमा सहज भएको छ ।
यहाँको समस्या धेरै समयसम्म पनि समाधान नहुँदा आफुले यसको पहल गरेको खड्काले बताए । ‘काम सानो हो । तर, यसमा ध्यान कसैको गएको थिएन,’उनले भने, ‘मैले सडक डिभिजनसँग समन्वय गरेर होमपाइप राखेपछि आवतजावतमा सहज भएको छ ।’ उनका अनुसार होमपाइप नहुँदा मलामीहरु चिप्लिएर लड्नुपर्ने, लास पर्खिएर पालो कुर्नुपर्ने लगायतका समस्या नागरिकले भोग्दै आएका थिए ।
नजिकैको स्थानीय सरकारले समेत उक्त समस्या नदेखेका बेला समाजसेवी खड्काले समस्या समाधान गरेको भन्दै उनको प्रसंसा समेत भएको छ ।