२०८१, १७ मंसिर सोमबार

गर्भवतीको सरसफाइमा ध्यान दिन सरसफाइ सामग्री

सल्यान ।  दार्मा गाउँपालिकाले गर्भवतीको सरसफाइमा ध्यान दिन भन्दै बजेट व्यवस्था गरी सरसफाइ सामग्री वितरण थालेको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार गर्भवतीलाई प्रत्येक पटक जाँचमा एउटा साबुन वितरण गर्न थालिएको छ । उनीहरू महिनामा एक पटक स्वास्थ्य जाँचमा चौकी पुग्दा गाउँपालिको तर्फबाट उपहारस्वरुप साबुन पाउन थालेका स्वास्थ्य शाखा प्रमुख बस्नेतले बताए ।

त्यस्तै एक पटक नङकट र ३/३ महिनामा ब्रस मञ्जनसमेत विरतण गर्ने गाउँपालिकाको योजना छ । गाउँपालिकामा ५५६ जना गर्भवती छन् भने उक्त कार्यक्रममा लागि ४ लाख विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।