२०८१, २० बैशाख बिहीबार

संविधानमार्फत प्राप्त उपलब्धि हल्लाउने प्रयास भयो: खड्का

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत प्राप्त उपलब्धिहरूलाई हल्लाउने प्रयास भइरहेको बताएका छन् ।

मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरूले नै गरेका कतिपय काम र निर्णयमा टेकेर संविधान हल्लाउने प्रयास भइरहेको बताए ।

उनले सङ्घीय कानुन बनाउने कुरामा आफूहरू चुकेको स्वीकार गर्दै २०७२ सालमा जारी गरेको संविधानपछिको ८ वर्षको अवधिमा सम्पूर्ण राजनीतिक दलको ध्यान सङ्घीय ऐन बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा त्यो हुन नसकेको बताए । उनले सबै राजनीतिक दलहरूको अगाडि अहिले संविधान कार्यान्वयनको चुनौती रहेको बताए ।

उपप्रधानमन्त्री खड्काले जनतामा छाएको निराशालाई आशा र विश्वासमा परिणत गर्ने र पार्टी पङ्क्तिमा भएको आशङ्कालाई चिर्न सक्नुपर्ने बताए ।