२०८१, ४ जेष्ठ शुक्रबार

अखिल क्रान्तिकारी रुकुम पश्चिमको अध्यक्षमा निराजन केसी

रुकुम पश्चिम ।  नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुकुम पश्चिमको अध्यक्षमा निराजन केसी निर्वाचित भएका छन् । अध्यक्षका लागि आज भएको निर्वाचनबाट चौरजहारी नगरपालिका १० का केसी अध्यक्षमा निर्वाचित भएका हुन् । कुल ३३ जनाले मतदान गरेकामा केसीले १६ मत पाएका थिए । उनका निकटतम प्रतिद्धन्दि विशाल बिष्टले १२ मत पाउँदा खुमराज ओलीले ५ मत प्राप्त गरे । जिल्ला समितिमा चयन भएका ३३ जनाले मतदान गरेका हुन् ।

अन्य पदमा भने निर्विरोध भएको थियो । उपाध्यक्षमा किरण विश्वकर्मा र दिपेन्द्र ओली, सचिवमा दुर्गाप्रसाद विक, सह सचिवमा पूजा विक र प्रकाश डाँगी तथा कोषाध्यक्षमा विजया पुन मगर निर्विरोध हुनुभएको हो । मुसिकोट ५ सेरिगाउँको सहिद प्रतिष्ठानको सभा हलमा हिजो देखि सुरु भएको अखिल क्रान्तिकारीको २७ औं जिल्ला सम्मेलन नेतृत्व चयन पश्चात् आज सकिएको छ ।