२०८३, १७ असार बुधबार

गुराँस पाँच बालमैत्री वडा घोषणा

दैलेख  ।   कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बीसीले राम्रो कामको लागि सबैले सक्दो प्रयास गर्न आग्रह गरेका छन् । गुराँस गाउँपालिका(५ लाई बालमैत्री वडा घोषणा कार्यक्रममा उहाँले भन्नुभयो सबैले आत्मसमीक्षा गरौं मैंले कति राम्रो काम गरें ।

मन्त्री बीसीले प्रदेश सरकारको श्रोत अनसार विकास गतिविधिमा रकम आए अनुसार योजनाको पारदर्शिता र गुणस्तरीयताको निम्ति सबैले समयमा चासो दिनुपर्ने सुझाव दिए ।

त्यसबखत कर्णाली प्रदेशसभाका सदस्य पूर्णबहादुर खत्रीले गुराँस गाउँपालिका क्षेत्रमा सेभ द चिल्ड्रेन र सोसेकले सहयात्रा परियोजना मार्फत बालबालिकाको हितमा राम्रो कामहरु भएको भन्दै प्रशंसा गरे ।

गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसीले विकास गतिविधिमा संघीय सरकार, प्रदेश र स्थानीय तहको सहकार्यता बढाउनपर्ने आवश्यकता औँलाए ।

गाउँपालिकाका उपाध्यक्ष शिवा खड्काले बालमैत्री वडा घोषणापछि बालबालिका क्षेत्रमा लगानी र सेवा सुविधा बढाउन चुनौती थपिएको बताए ।

गुराँस गाउँपालिका(५ का वडाध्यक्ष भूपेन्द्रबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजका प्रतिनिधिको मन्तव्य र बालबालिकाका रचनाहरु प्रस्तूत गरिएको थियो ।