२०८१, ६ जेष्ठ आईतवार

नेपालगन्जमा कर्फ्यु र निषेधाज्ञा खुकुलो पारिँदै

बुटवल । बाँके जिल्लाको नेपालगन्जमा कर्फ्यु र निषेधाज्ञाको समय खुकुलो पार्दै लगिएको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार आज बिहान १० बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा लगाइएको छ ।

यो अवधिमा भेला, जुलुस, सभा गर्न रोक लगाइएको छ । कर्फ्युको समय पनि घटाइएको छ । राती ८ बजेदेखि लाग्दै आएको कर्फ्यु राती १० बजेदेखि बिहान ४ बजेसम्म लगाइएको छ । यो समय विगतको भन्दा घटाएको हो ।

नेपालगन्जमा धार्मिक विषय लिएर सामाजिक सञ्जालबाट सुरु भएको विवाद झडपमा सम्म पुगेको थियो। प्रसासन कार्यलयले असोज १६ गते देखि कर्फ्यु आदेश जारी गरेको छ। उक्त आदेश पछिल्लो पटक पटक बिस्तारै खुकुलो बनाउँदै लगिएको हो । सुरुमा एक युवाले मुस्लिम समुदायलाई गाली गरेर सामाजिक सञ्जालमा लेखेपछि हिन्दु मुसलमान बिच विवाद भएको छ। जसमा कारण नेपालगन्ज विभिन्न ठाउँमा तोडफोड तथा झडप समेत भएको थियो।

सम्बन्धित समाचार