२०८१, २३ बैशाख आईतवार

कर्णाली नदीमा तुइन चुडिँदा खसेर एकजना बेपत्ता

सुर्खेत ।   तुइनको डोरी चुडिँदा कर्णाली नदीमा खसेर मुगुका एक जना बेपत्ता भएका छन् ।

कर्णाली कोरिडोरको हुम्ला खण्डमा काम गर्दै आएका मुगुको सोरु गाउँपालिका–५ नेरा गाउँका ३८ वर्षका मक्करसिंह नेपाली हिजो बेलुका कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

बेपत्ता नेपालीको आज बिहानैदेखि खोजी थालिएको छ । उहाँ हिजो बेलुका काम सकेर वासस्थान फर्किनेक्रममा तुइनको डोरी चुडिँएको थियो ।