बाघको आक्रमण बाट सल्यानमा ४ जना घाइते
सल्यान । सल्याानमा बाघको आक्रमणबाट चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा जिल्लाको छत्रेश्वरी गाउँपालिका ३ दोलिक ४०वर्षीय राज के.सी ४० वर्षकै टेक बहादुर थापा, वर्ष १६ को छबिलाल के.सी र वर्ष २७ वर्षीय भिमसेन थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
घाइते सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको र बाघले हात खुट्टामा आक्रमण गरेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले बताए ।
उहाँका अनुसार बाघले कुखुरा फर्ममा पसेर तीन वटा कुखुरा मारेको र त्यही हेर्ने क्रममा लुकेर बसेको बाघले राजबहादुर केसी लाई आक्रमण गरेको थियो । अन्य तिनजना व्यक्तिलाई सोही क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको हो ।
अहिले पनि बाघ सोहि ठाउँको धान खेतमा रहेको बाघ ब्यबस्थापनको लागी ईलाका वन कार्यालय लुहाम सल्यानको टोली पुगिसकेको र डिभिजन वन कार्यालय सल्यान र बाँके राष्ट्रिय निकुञ्जको टोली पनि पुग्दै गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।-सल्यानखबर