२०८०, १६ मंसिर शनिबार

छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

सुर्खेत । सुर्खेतको गुर्भाकोटमा छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन । वडा न। १ मा अन्दाजी १२ बर्षिया छोरी बलात्कार गरेको आरोपमा सहोदर बुवा पक्राउ परेका हुन् ।

गत ३ महिना देखि घरमा कोही नभएको मौकाछोपी अन्दाजी ४० बर्षिय बुवाले छोरीलाई बलात्कार गरेको भन्ने सूचना लगतै अभियुक्तलाई प्रकाउ गरिएको हो ।

जबर्जस्ति करणीको सूचना पाए संगै प्रहरी चौकी मालारानीको बिशेष टोलीले गुर्भाकोट नगरपालिका वडा न। १ राम्रीकाडा खेत्यान बाट जबर्जस्ति करणी गर्ने अभियुक्त देब बहादुर कार्की लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले बताए । आरोपितलाई अहिले ईलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको र उनी बिरुद्द अनुसन्धान भैरहेको सुर्खेत प्रहरीले जनाएको छ ।