२०८१, ९ जेष्ठ बुधबार

‘खास अपाङगताले परिचयपत्र पाउँदैनन्’

सुर्खेत, असोज १४ । सुर्खेत जिल्लामा रहेका अपाङगता भएका व्यक्तिहरुले परिचय पत्र नपाउने गरेको पायएको छ । खास अपाङगता भएकाहरुले भन्दा पनि अरुले नै ‘क’, ‘ख’ वर्गको अपाङगता परिचय पत्र बनाएर सेवा लिने गरेको सरोकारवालाहरुले बताएका छन् ।

अपाङगता भएका व्यक्तिहरुको रोजगारी एवं सवालका लागि सरोकारवाला निकायको भूमिका’ विषयमा अपाङग सशक्तिकरण केन्द्र सुर्खेतले आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । स्थानीय निकायका प्रतिनिधिका रुपमा उपस्थित भएका गाविस सचिवहरुले नै पाउनुपर्ने भन्दा नपाउनुपर्ने व्यक्तिहरुले अपाङगता परिचय पत्र पाउने गरेको बताएका थिए । जिल्ला बाहिर कुनै शिविरहरु बसेको वेलामा पनि कुनै शिविरबाट परिचय पत्र दिने कुनैबाट नदिने गरेको पाइएको गाविस सचिव श्यामलाल खरालले बताए ।

कार्यक्रममा महिला विकास कार्यालय सुर्खेतका प्रमुख जमुना पौडेलले भने यसका लागि सिफारिस गर्ने गाविस सचिवहरु देखि परिचय पत्र दिने महिला विकास कार्यालय समेत सचेत हुनुपर्ने बताईन । आफूहरुले परिचय पत्र दिदा मापदण्ड अनुसार दिने र त्यसो गर्दागर्दै पनि कहिकतै झुक्याउने गरेको बताइन । यदी कसैले गलत प्रमाण पेस गरेर परिचय पत्र बनाई लोकसेवा आयोगबाट त्यसकै आधारमा जागि खाएको भएपनि उजुरी गर्न सकिने व्यवस्था रहेको उनको भनाई छ ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतको प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले अहिलेको परिचय पत्र दिने सिस्टम नै गलत नभएको भन्दै सबैको कम्जोरीका कारण केही त्यस्ता गल्तिहरु भएको भए सबै मिलेर सच्याउनुपर्ने र आगामी दिनमा हुन दिन नहुने बताए ।

गाविस सचिवहरु लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रमका सहजिकरण अपाङगता सशक्तिकरणका विष्णु शर्माले गरेका थिए ।

सम्बन्धित समाचार