२०८१, १९ बैशाख बुधबार

बजारमा म्याद नाघेका सामान पाइयो

anugaman-1सुर्खेत – यहाँको वीरेन्द्रनगर बजारमा लेवल नै नभएका सामानहरु छ्यापछ्याप्ती पाइन थालेको छ । तेलमा फ्राइ गरेर खान मिल्ने पिठो लगायतको कच्चा पदार्थबाट बनेको जस्ता देखिने बस्तु बजारमा छ्यापछ्याप्ती पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुगमन गर्न जाँदा यस्तो बस्तु लेवन विना पाइएको हो । वीरेन्द्रनगर नगरपालिकाको हटियालाईन र गणेश चोक नजिकका ३२ खाद्य्य तथा किराना पसलमा अनुगमन गर्दा प्रायः सबै पसलहरुमा उक्त बस्तु पाइएको छ ।

खुल्ला रुपमा विक्रिका लागि राखिएको उत्तः बस्तुलाई ब्यापारीहरुले ‘पास्ता’ भनेर बिक्रि गर्ने गरेका छन् । तर उक्त बस्तु आफूहरुले खरिद गर्ने बेलामै प्याकिङ विना कै खरिद गर्ने ब्यापारीहरुले बताएका छन् । ब्यापारीहरुले नै उक्त बस्तुुको खरिद गरेको विल समेत राखेको पाइएको छैन । ब्यापारीहरुले नै यो बस्तुमा लेवल नै नराखिएको ले आफूहरुलाई शंका लागेको बताएका छन् । यो सामान नेपालमा नभई भारतमा बनेको हुन सक्ने बताइएको छ ।

यता जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि यसरी लेवन नै नराखिएको बस्तुको बारेमा शंका व्यक्त गरेको छ । उपभोग्य बस्तु मै कुनै वेलन नै उल्लेख गरिनु शंकास्पद भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले बताए । बस्तु विक्रि भइरहेको तर त्यो कुन कम्पनीमा बनेको हो, उत्पादन कहाँ भएको हो, कुनकुन बस्तु मिसाइएको हो ? कति रुपैयाँ पर्छ भन्ने कुरा नै उल्लेख नहुनु शंकास्पद भएको उनको भनाई छ ।

बजारका सबै जस्तो खाद्यान्न पसलहरुमा यस्तो बस्तु भेटिएको र लेवल नभएको पाइएकोले यसका बारेमा अध्ययन गरिने प्रशासकीय अधिकृत पौडेलले बताए । ‘‘यो धेरै पसलहरुमा भेटियो,’ यसका बारेमा कसैलाई जानकार िप नि भएको पाइएन, यसका बारेमा खो िजगर्नुपर्नेभयो ।’’

यसैबीच जिल्ला संयुक्त बजार अनुगमन समिति सुर्खेतले बिहीबार बजार अनुगमन गरेको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको नेतृत्वको टोलीले वीरेन्द्रनगर नगरपालिका–६ मा रहेका खाद्यान्न पसलहरुको अनुगमन गरेको हो । हटिया लाइन र गणेश चोक नजिकका जममा ३२ वटा पसलहरुमा अनुगमन गर्दा केही पसलहरुमा म्याद नाघेका सामानहरु भेटिएका छन् ।

चाडपर्व नजिक आएकोले बजारमा खाद्य्य बस्तुको मूल्य अस्वभाविक रुपमा बढाउन सक्ने भएकोले अनुगमन गर्न जाँदा यस्तो भेटिएको हो । पसलहरुमा मूल्य सूची राखिएको भएपनि विक्रि गर्ने मूल्य त्यहाँ नलेखेको पाइएको छ । देखाउनलाई मात्रै मूल्य सूचि टाँस्ने गरेको तर मूल्य अपडेट नगरेको पाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए ।

म्याद सकिएका समान भेटिएका र मूल्य सूचि पनि अपडेट नगराएका यी पसलहरुलाई पहिलो चरणमा सचेत गराइएको छ । साथै पसलहरुमा उत्पादन मिति नराखेका चामल लगायतका सामानहरु भेटिएकोले व्यवसायीहरुलाई आगामी दिनमा लेवल नभएका र लेवलमा पनि उत्पादन भएको स्थान, मिति, म्याद सकिने मिति पुरै उल्लेख नभएको कुनै पनि सामानहरु नराख्न सचेत गराइएको छ ।

अनुगमनका क्रममा बरामद गरिएका म्याद नाघेका सामानहरु विहीबार नै नष्ट गरिएको छ ।

तस्बीर : अनुगमन गर्दै संयुक्त बजार अनुगमन समिति र सबै जसो खाद्य्य पसलमा भेटिएको लेवन नभएको बस्तु ।