विन्दमान बिष्टलाई भोट किन ?
विन्दमान विष्ट युवा र ‘भिजनेवल’ छवी भएका नेता हुन् । विद्यार्थी छँदादेखिनै माओवादीले सुरु गरेको जनयुद्धमा सहभागी भएका विष्ट वि.सं २०३६ सालमा कालिकोटमा जन्मिएका हुन् ।
अहिले उनको स्थायी ठेगाना सुर्खेतको बराहताल गाउँपालिका –१ हो ।
स्नातक (मानविकी तथा राजनीतिक शास्त्र) सम्म अध्ययन गरेका विष्ट माओवादीभित्र इमान्दार, कर्तव्यनिष्ट र बौद्धिक नेताका रुपमा परिचित छन् ।
५० सालदेखि माओवादी केन्द्रमा संलग्न भएका उनी ०५६ सालमा भुमिगत भएका थिए । ०५६ देखि उनले ०५८ माघ १ सम्म अर्थात १८ महिना जेल जीवन बिताएका छन् ।
मन्त्री विष्ट सहितको ०५८ सालमा भएको सुर्खेतको जेलब्रेकको घटना निकै चर्चित र रोचक थियो ।
सोही जेलब्रेकका उनी एक कमाण्डर समेत हुन् । अखिल क्रान्तिकारीको महासचिव हुँदै केन्द्रीयस्य सदस्य समेत भएका उनी ०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भए ।
पाँच बर्षमा प्रदेश सभामा रहँदा काननु निर्माणदेखि पश्चिम सुर्खेतको विकास र परिवर्तनका लागि दत्तचित्त भएर विकास अवधारणाहरु सुरु गरेका छन् ।
पश्चिम सुर्खेतको सडक विस्तार, विद्युत र सिँचाईका क्षेत्रमा महत्वपुर्ण कार्यहरु उनकै पहलमा भएका छन् ।
प्रदेश मातहतमा नरहेका योजनाहरु केन्द्रबाट भएपनि उनले आवाश्यक बजेटको व्यवस्थापन गरेर कामहरु अगाडि बढीरहेका छन् ।
उदारणका लागि हुड्के–कुम्भीकोट, तरङ्गा जोड्ने सडकमा १ अर्ब बजेट व्यवस्थापन भएको छ भने बड्डीचौर–गुट मदन भण्डारी राजमार्ग र तीनका सहायक मार्गहरुको विस्तार र स्तोरन्नती भइरहेको छ ।
झण्डै १४ किलोमिटर चौकुने गाउँपालिका–१० को घाटगाउँ स्थित भेरी नदीको पुलबाट सुरु भएर गुटु बजार, साल्मा कोरालबास हुँदै कुल्लीमारी सुदूरपश्चिमका अछामको कोल्लीमरा र कैलालीलाई जोड्ने सडकको कालोपत्रेको काम भइरहेको छ।
संघ र प्रदेश सरकारको संयुक्त लगानीमा कालोपत्रे गर्न लागिएको उक्त सडकको कुल लागत ६३ करोड ५ लाख १४ हजार ५१३.४० रुपैयाँ रहेको छ।
विद्युत विस्तारको क्षेत्रमा उल्लेखनिय कार्य भएको छ ।
पश्चिमका तीन वटा पालिका विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएका छन् । त्यसका लागि सुदुरपश्चिम प्रदेशको कैलाली हुँदैबाट विस्तारको धमाधम भइरहेको छ।
३३ केभी उक्त प्रशारण लाइनको काम सम्पन्न भएपछि पश्चिमका चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा विद्युतिकरण हुने छ ।
कोहलपुर –वीरेन्द्रनगर जोडिएको लाइनबाट पश्चिममा विद्युत विस्तार गर्न समस्या भएकाले कैलालीबाट विद्युतिकरण गर्न विष्टकै पहलमा थालिएको थियो ।
समाजलाई नजिकबाट बुझेका विष्ट परिवर्तनका सम्भाहक हुन् ।
हो, उनको पाँच बर्ष कार्यकालमा हुनुपर्ने कामहरु देखिने गरि नभएका होलान् तर ड्रिप प्रोजेक्टहरुको अवधारणको सूरुवात भएको छ ।
अब त्यीँ योजनालाई मुर्तरुप दिनका लागि विष्टको विजयी आवाश्यक छ ।
त्यसैले एक पटक पश्चिम सुर्खेतबासीले युवा नेता विष्टलाई अमुल्य मत दिएर सहयोग गर्नुपर्ने हुन्छ ।