२०८१, ८ माघ मंगलवार

पश्चिम सुर्खेतका ३ वटै पालीकामा माओवादी केन्द्रको निर्वाचन केन्द्रीत बैठक सम्पन्न । २ वर्ष भित्र १०० किलोमिटर सडक कालोपत्रे संगै टोलटोलमा विजुली पुग्ने नेता विष्टको दाबी ।

सुर्खेत : सुर्खेत क्षेत्र न. २ (ख) प्रदेश सभा सदस्यका उम्मेदद्घार एवम् पुर्व मन्त्री विन्दमान विष्टले आगामी २ वर्षभित्र पश्चिम सुर्खेतमा १०० किलोमिटर सडक कालोेपत्रे भैसक्ने दावी गरेका छन ।
शनिवार नेकपा माओवादी केन्द्र बराहताल गाउकमिटिको बैठकमा बोल्दै नेता विष्टले आगामी ५ वर्ष भित्र ३ वटै पालीकाको प्रत्येक टोलमा वत्ति पुग्ने गरी काम भईरहेको बताए ।

विगत ५ वर्ष माओवादी कार्यकर्ताका लागी र आम मतदाताका लागी छाति चौडा गरेर हिड्ने अवस्था सृजना भएको बताउदै उच्च राजनैतिक नैतिकताका साथ निर्वाचनमा जाने वातावरण तयार भएको नेता विष्टको भनाई छ ।
नेता विष्टले लोकतन्त्र र संविधानको रक्षाका लागी अहिलेको गठवन्धन अपरिहार्य रहेको बताएका हुन ।
उनले चुनाव जित्नकै लागी गठवन्धन गरिएको हो कि भन्ने भ्रममा नपर्न समेत मतदाताहरुलाई आग्रह गरेका छन । एमाले अध्यक्ष के.पी ओलीले संविधान र अहिलेको व्यवस्था नै समाप्त पार्न खोजेपछि लोकतन्त्रवादीहरु विच सडकवाट गठवन्धन भएको नेता विष्टको तर्क छ ।
आफ्नो ५ वर्षे कार्यकाल पश्चिम क्षेत्रको विकासका लागी खर्चेको स्मरण स्मरण गरे ।
पश्चिम सुर्खेतका जनताले दिएको ५ वर्षे अभिभारा ईमान्दारीताका साथ पुरा गरेको नेता विष्टको भनाई छ । उनले नेता कार्यकर्तालाई समेत सिर ठाडो हुने गरि काम गरेकोले ढुक्क संग जनताको घरदैलोमा जान आग्रह गरेका छन । आफ्नो कार्यकालमा विकास र समृद्घिको आधार तयार पारेको भन्दै पुर्व मन्त्री विष्टले आगामी समयमा त्यसलाई पुरा गर्न पनि आफ्नो जित आवश्यक रहेको बताए ।
जनताका आकांक्षा धेरै रहेको र समिति श्रोत साधनका कारण कतिपय विकास योजनाको श्रोत सुनिश्चित गरिएको र आगामी दिनमा पुरा गरि छाड्ने दावी उनले गरे ।

कुनैपनि पार्टीको विरोध नगरी समन्वयात्मक ढङ्गवाट चुनावमा खटीन उनले कार्यकर्ताहरुलाई आग्रह गरेका छन ।
कार्यक्रममा राष्टियसभा सदस्य नरवहादुर विष्टले २०७४ को वामगठवन्धनले धोका दिएका कारण नै आफुहरु यो ठाउमा आईपुगेको बताए । के.पी प्रवृत्तिका विरुद्ध लोकतन्त्र वादी शक्तिहरु एक ठाउमा आईपुगेको राष्ट्रियसभा सदस्य विष्टको भनाई थियो । पार्टिले गरेका कामहरु जनतामाझ पुग्न नसकेको उनले कार्यकर्ता माझ गुनासो गरे । प्रतिपक्षी दल एमालले आफुले नगरेको कामको समेत प्रचार गर्ने गरेको उनको भनाई थियो । आगामी निर्वाचनमा विना स्वार्थ पार्टीलाई बहुमतका साथ निर्वाचन जित्ने बातावरण तयार गर्ने तर्फ लाग्न कार्यकताहरुलाई उनले आग्रह गरे ।
यसैविच नेकपा माओवादी केन्द्रले सुर्खेत क्षेत्र न. २ (ख) का ३ वटै पालीकाहरुमा निर्वाचन केन्द्रीत बैठक सम्पन्न गरेको छ । पार्टी नेता कार्यकर्ताहरुको उत्साहजनक सहभागीता सहित ३ वटै पालीकाहरुमा वैठक सम्पन्न भएको नेताहरुले बताएका छन । गत विहिवार चौकुने गाउपालीकाको गुटुमा, सुक्रवार पञ्चपुरी नगरपालीकाको बाबियाचौर र शनिवार बराहताल गाउपालीकाको बड्डीचौरमा बैठकहरु सम्पन्न भएका हुन ।

गठवन्धनको तर्फवाट नेकपा माओवादी केन्द्रका पोलीटव्युरो सदस्य एवम् कर्णाली प्रदेश सरकारका पुर्व मन्त्री विन्दमान विष्ट सुर्खेत क्षेत्र न. २ (ख)वाट प्रदेशसभा सदस्यका लागी प्रत्यक्ष तर्फका उम्मेदद्घार रहेका छन ।
पश्चिम सुर्खेतमा लोकप्रिय नेताको छवि बनाएका विष्टनै प्रदेश सभामा उम्मेदद्घार बनेपछि जनमानसमा थप उत्साह थपिएको नेताहरुको दावी छ । २०७४ सालको प्रदेशसभा निर्वाचनमा काग्रेसका बलियो उम्मेद्घार स्वर्गीय तप्त वहादुर विष्टलाई पराजित गरेका उम्मेदद्घार विष्ट यसपटक काग्रेस संगकै गठवन्धनमा चुनावि मैदानमा होमिदा सहजै जित हासिल हुनेमा विश्वस्त देखीन्छन ।
एमाले दुईभागमा विभाजन भएको अवस्थामा काग्रेस र माओवादी केन्द्रको एकलौटी मतले विष्ट यसपटक बहुमतका साथ प्रदेश सभामा निर्वाचीत हुने दावि नेताहरुको रहेको छ ।